भजनदेवी एकेडेमी कक्षा ११ र १२ सञ्चालनमा, भर्ना निःशुल्क

गोदावरी । गोदावरी नगरपालिका वडा नम्बर ३ मा रहेको भजनदेवी एकेडेमीले यसै शैक्षिक सत्रदेखि कक्षा ११ र १२ (प्लस टु) तहको पढाइ सुरु गर्ने भएको छ। विद्यालयका प्रधानाध्यापक टेरेन्स साउदका अनुसार आर्थिक वर्ष २०८२/८३ देखि प्लस टु तह सञ्चालनमा ल्याइने निर्णय गरिएको हो। साथै, भर्ना प्रक्रिया सहज बनाउने उद्देश्यले भर्ना शुल्क समेत निःशुल्क गरिएको उनले जानकारी दिएका छन्।

__________ बिज्ञापन____________

२०७५ सालमा स्थापना भएको भजनदेवी एकेडेमीले यसअघि एसईई र आधारभूत तहमा पनि उत्कृष्ट नतिजा ल्याउँदै आएको छ। यस वर्ष पनि विद्यालयले गोदावरी नगरपालिका वडा नम्बर ३ भित्रकै विद्यालयहरूमध्ये उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेको छ।

स्थानीय स्तरमै गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको भजनदेवी एकेडेमी गाउँघरका ती विद्यार्थीहरूका लागि आशाको केन्द्र बनेको छ, जो सहर गएर पढ्न सक्दैनन्। पढाइबाट वञ्चित नहोस् भन्ने सोचका साथ विद्यालयले प्लस टु तह सुरु गरेको हो।

विद्यालयले स्थानीय समुदायको शैक्षिक आवश्यकतालाई सम्बोधन गर्दै, शिक्षाको पहुँच सबैसम्म पुर्‍याउने प्रयास जारी राखेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
मर्यादित पत्रकारिता र प्रेस स्वतन्त्रतामा जोड दिँदै कैलालीमा महासंघको ७१औँ स्थापना दिवस मनाइयो
सार्वजनिक स्थलमा जातीय विभेद, ‘जेल हालेर के हुन्छ’ भन्दै दम्भ
0
Would love your thoughts, please comment.x
()
x