दलितका लागि दलित अभियान’ सुदुरपश्चिमको प्रमुख सल्लाहकारमा  वि.क. नियुक्त

धनगढी । “दलितका लागि दलित अभियान, नेपाल” ले संविधानमा सुनिश्चित दलित समुदायका हकअधिकारको प्रभावकारी कार्यान्वयनमा बल दिने उद्देश्यले संगठनात्मक जिम्मेवारीहरू विस्तार गरिरहेको छ। यसै क्रममा अछामका समाजसेवी श्री जङ्ग वि.क. लाई सुदूरपश्चिम प्रदेश प्रमुख सल्लाहकारको रूपमा नियुक्त गरिएको छ।

__________ बिज्ञापन____________

संयोजक खगेन्द्र सुनारले हस्ताक्षर गरेको नियुक्ति पत्रमा वि.क.लाई अभियानको लक्ष्य र उद्देश्यअनुसार ईमानदारीपूर्वक कार्यसम्पादन गर्ने अपेक्षा गरिएको उल्लेख छ। नियुक्तिपत्रमा भनिएको छ, “यस अभियानको लागि तपाईको अनुभव, समुदायको न्याय प्रतिको चाहाना महत्वपूर्ण हुनेछ।”

वि.क. लामो समयदेखि दलित समुदायको हक, सामाजिक न्याय र समानताको पक्षमा क्रियाशील व्यक्तित्वका रूपमा चिनिन्छन्। उनको यो नियुक्तिलाई सुदूरपश्चिमका दलित समुदायबीच उत्साहका रूपमा लिइएको छ।

‘दलितका लागि दलित अभियान, नेपाल’ले “आफ्नो लागि आफै” भन्ने मूल नारासहित समुदायबाट नेतृत्व उत्पादन गर्ने र अधिकारका सवालमा प्रत्यक्ष हस्तक्षेप गर्ने नीति अवलम्बन गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
मर्यादित पत्रकारिता र प्रेस स्वतन्त्रतामा जोड दिँदै कैलालीमा महासंघको ७१औँ स्थापना दिवस मनाइयो
सार्वजनिक स्थलमा जातीय विभेद, ‘जेल हालेर के हुन्छ’ भन्दै दम्भ
0
Would love your thoughts, please comment.x
()
x