महाकाली अस्पतालमा विशेषज्ञ सेवा विस्तार

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले हालै विशेषज्ञ चिकित्सकसहितको सेवा विस्तार गर्दै स्वास्थ्य सेवामा उल्लेखनीय सुधार गरेको छ।

__________ बिज्ञापन____________

रिफर सेन्टरका रूपमा परिचित यस अस्पतालमा अहिले २३ जना विशेषज्ञ चिकित्सकले सेवा दिइरहेका छन्। यसले यहाँ उपचारका लागि आउने सेवाग्राहीलाई ठूलो राहत मिलेको छ। महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट अर्जुन भट्टका अनुसार, हालै छात्रवृत्ति करार र अस्पताल व्यवस्थापन समितिबाट करारमा चिकित्सक भर्ना गरिएकाले सेवामा सुधार आएको हो।

अस्पतालमा अहिले मेडिसिन, हाडजोर्नी, सर्जरी, स्त्री तथा प्रसूति रोग, रेडियोलोजी, एनेस्थेसियोलोजी, मानसिक रोग, बालरोग, तथा नाक–कान–घाँटी विभागमा विशेषज्ञ चिकित्सक कार्यरत छन्। भट्टका अनुसार एउटै विभागमा दुई/तीन जना चिकित्सक रहेका कारण एक जना बिदामा गए पनि सेवा अवरुद्ध नहुने सुविधा भएको छ।

“यो पहिलो पटक हो जब अस्पतालमा यति धेरै विशेषज्ञ चिकित्सक कार्यरत भएका छन्,” भट्टले भने, “दैनिक ४०० देखि ५०० सेवाग्राहीले अहिले सेवा लिने गरेका छन्।”

 

अस्पतालमा २८ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहे पनि स्थायी रूपमा हाल एक जनामात्र दरबन्दीमा कार्यरत छन्। बाँकी चिकित्सक करारमा सेवा दिइरहेका छन्। अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष कृष्णानन्द भट्टले सरकारलाई दरबन्दीअनुसार चिकित्सक पदपूर्ति गर्न आग्रह गरेका छन्।

 

“विशेषज्ञ सेवा विस्तारसँगै अहिलेको आवश्यकता भनेको सिटिस्क्यान मेसिन हो,” उनले भने, “यदि यो उपलब्ध भयो भने बिरामीलाई अन्यत्र रिफर गर्नुपर्दैन।”

 

वि.सं. २०२० मा प्राथमिक स्वास्थ्य केन्द्रको रूपमा स्थापना भएको यो अस्पताल क्रमशः २५ श्ययाको जिल्ला अस्पताल, ५० श्ययाको अञ्चल अस्पताल हुँदै हाल प्रादेशिक अस्पतालको रूपमा स्तरोन्नति भएको हो। सङ्घीयता आएपछि अस्पतालले विशेषज्ञ सेवा दिन थालेको हो।

 

हालका लागि अस्पतालमा जनरल फिजिसियन, प्याथोलोजिस्ट, र डर्माटोलोजिस्टको दरबन्दी त भए पनि ती पदमा चिकित्सक कार्यरत छैनन्। सेवा प्रवाह अझ प्रभावकारी बनाउन सरकारले भौतिक पूर्वाधार तथा उपकरणमा लगानी गर्नुपर्नेमा सरोकारवालाहरूको जोड छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
मर्यादित पत्रकारिता र प्रेस स्वतन्त्रतामा जोड दिँदै कैलालीमा महासंघको ७१औँ स्थापना दिवस मनाइयो
सार्वजनिक स्थलमा जातीय विभेद, ‘जेल हालेर के हुन्छ’ भन्दै दम्भ
0
Would love your thoughts, please comment.x
()
x