धनगढी । तिज पर्वको अवसर पारेर नयाँ तिज गीत ‘बबाल मच्चायो’ यही शनिबार दिउँसो १२ बजे आर आर बी म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक हुने भएको छ।
गीतका लय तथा शब्द सर्जक रमेश साउदका अनुसार “सांगीतिक यात्रामा यो मेरो चौथो सांगीतिक कोसेली हो। र्यापरको रुपमा आफूलाई चिनाउँदै आए पनि म डेउडा, लोकपप र आधुनिक गीतहरूमा पनि उत्तिकै रुचि राख्छु।”
‘बबाल मच्चायो’ गीतमा रिदम बोहरा र भूमिका गिरीको सशक्त स्वर सुन्न सकिन्छ भने सुमन केसीले एरेन्ज गरेका छन्। भिडियोलाई भीमराज भट्टले निर्देशन गरेका हुन् र छायांकन भारतको ब्याङ्लोरमा गरिएको हो।
रमेश साउदले यसअघि ‘छलछल बग्ने कर्णाली’, ‘बालै फरफ’, ‘DJ बजाइदे’ जस्ता गीतहरू ल्याइसकेका छन्। उनका गीतमा मौलिकता र आधुनिकतालाई संगाल्ने प्रयास देखिन्छ।
तिज गीतमार्फत रमाइलो मात्र नभई सन्देश पनि प्रवाह हुने भएकाले यो गीत पनि दर्शक तथा स्रोतामाझ मनपर्ने अपेक्षा गरिएको छ।