नेपाल आइडल सिजन ६: सुदूरपश्चिमका निरज विश्वकर्मा टप-१० मा, जित दिलाउन भोट गरौं!

धनगढी । सुदूरपश्चिमको शान बनेका १८ वर्षीय निरज विश्वकर्मा नेपाल आइडल सिजन-६ को टप-१० मा स्थान बनाउन सफल भएका छन्। डोटी जिल्ला, दिपायल सिलगढी नगरपालिका–४ निवासी निरजको यो सफलता न केवल उनको परिवार, विशेषगरी बुबा प्रताप विश्वकर्मा, तर सिंगो सुदूरपश्चिम प्रदेशका लागि गर्वको विषय बनेको छ।

__________ बिज्ञापन____________

शुक्रबार साँझ प्रसारण भएको कार्यक्रममा आफ्नो टप-१० यात्रा सुनिश्चित गर्दै निरजले सुदूरपश्चिमको सांगीतिक प्रतिभालाई राष्ट्रिय स्तरमा चिनाउने मौका पाएका छन्। सामाजिक सञ्जालमा भाइरल बन्दै गरेका निरजको प्रस्तुतिमा आत्मविश्वास, आवाजको विविधता र मेहनत झल्किन्छ।

निरजलाई भोट कसरी गर्ने?

अब निरन्तर भोटिङमार्फत निरजलाई जितको यात्रामा अघि बढाउन सकिन्छ। उनको भोटिङ कोड: Ni-09 हो। भोट गर्ने तरिकाहरू यस्ता छन्:

नेपाल भित्रबाट:

eSewa प्रयोग गरेर सजिलै भोट गर्न सकिन्छ।

नेपाल बाहिरबाट:

MoMo एप मार्फत भोट दिन सकिनेछ।

SMS मार्फत (NTC/NCELL दुवैबाट):

मोबाइलमा Ni-09 टाइप गरी 37000 मा पठाउनुस्।

सबैमा अपिल:

सामान्य पारिवारिक पृष्ठभूमिबाट आएका निरज आज राष्ट्रिय मञ्चमा चम्किन सफल भएका छन्। उनको मेहनत, प्रतिभा र समर्पणले दर्शकको मन जितेको छ। अब नेपाल आइडलको ट्रफी सुदूरपश्चिम ल्याउन तपाईंको एक भोट महत्त्वपूर्ण हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप, ५ जना घाइते
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको चौथो सिनेट बैठक भोलि
धनगढीमा पत्रकारिता अध्ययनरत विद्यार्थीका लागि तीनदिने अभिप्रेरणा कार्यक्रम सुरु
बर्डफ्लुको आतंक, देशभर २३ स्थानमा संक्रमण पुष्टि
आज यी प्रदेशमा वर्षाको सम्भावना
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
0
Would love your thoughts, please comment.x
()
x