गोदावरी । नवज्योति माध्यमिक विद्यालय गोदावरी नगरपालिका वडा नम्बर ३ मालिका टोलको व्यवस्थापन समितिको अध्यक्षमा चक्र नगरी सर्वसम्मत चयन भएका हुन।
नागरी पुन नवज्योति माध्यमिक विद्यालय को समितिको अध्यक्षमा निर्वाचित भएका हुन् ।सदस्यमा कल्पना सिलाल , डम्मरी कुँवर , मान बहादुर बुढा, सीमा नेपाली र बिना ताम्राकार सर्वसम्मत चयन भएका हुन्।
पहिले कार्यकालमा पनि आफूले शिक्षा क्षेत्रमा उल्लेख्य सुधार ल्याएको भौतिक संरचना बनाएको र अब पनि नवज्योति माध्यमिक विद्यालय लाई गोदावरी नगरपालिका भित्रको नमुना विद्यालय बनाउने नागरीले बताए। शिक्षामा सुधार ल्याउने भए व्यवस्थापन समिति शिक्षक विद्यार्थी र अभिभावकले एक हुन आवश्यक रहेको र योपटक पनि मलाई विश्वास गरेर अध्यक्ष बनाएकोमा सबै प्रति आभार प्रकट गरेको उनले बताए।