नेकपा माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच एकता प्रक्रिया सुरु हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग पार्टी एकता गर्ने निर्णय गरेको छ। मंगलबार बसेको पार्टी स्थायी कमिटीको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले एकता प्रक्रिया अघि बढाउने निर्णय भएको जानकारी दिएका हुन्।

__________ बिज्ञापन____________

सापकोटाका अनुसार अब दुबै पार्टीबीच एकता सम्बन्धी छलफल अघि बढाउन वार्ता टोली गठन गरिनेछ। “विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने सहमति भएको छ,” उनले भने, “अब छिट्टै वार्ता टोली बनाएर छलफल सुरु गर्छौं।”

यस निर्णयलाई मुलुकमा वाम एकता प्रक्रियाको एक महत्वपूर्ण मोडको रूपमा हेरिएको छ। दुई पार्टीबीचको सम्भावित एकताले राष्ट्रिय राजनीतिमा नयाँ तरंग ल्याउने विश्लेषण गरिँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
मर्यादित पत्रकारिता र प्रेस स्वतन्त्रतामा जोड दिँदै कैलालीमा महासंघको ७१औँ स्थापना दिवस मनाइयो
सार्वजनिक स्थलमा जातीय विभेद, ‘जेल हालेर के हुन्छ’ भन्दै दम्भ
0
Would love your thoughts, please comment.x
()
x