नेपाल दलित मुक्तिमोर्चा कृष्णपुर नगर कमिटीको अध्यक्षमा नेपाली

 धनगढी । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन नेपाल दलित मुक्तिमोर्चा, कृष्णपुर नगर कमिटीको तेस्रो नगर सम्मेलनबाट सुरेश नेपाली अध्यक्षमा निर्वाचित भएका छन ।

__________ बिज्ञापन____________

बिहिबार सम्पन्न भएको कृष्णपुर नगरपालिका वडा नम्बर ५ रहेको सयपत्री सामुदायिक वन उपभोक्ता समूहकाे सभाहलमा सम्पन्न तेस्रो सम्मेलन बाट नेपाली अध्यक्षमा निर्वाचित भएका हुन भन्ने उपाध्यक्ष दुरा देवी कुमाल ,उपाध्यक्ष रितु सार्की ,उपाध्यक्ष रामबहादुर कडरा ,सचिव नरबहादुर आउजी,सहसचिव नन्दराम ओड,
काेषाध्यक्ष तारा लुहार, लगायत १५ सदस्यीय नगर कमिटी गठन गरेको छ।

कार्यक्रमको सभाअध्यक्ष स्वयं अध्यक्ष सुरेश नेपालीले गरेका थिए भने प्रमुख अतिथि टेकेन्द्र प्रसाद भट्ट रहेका थिए। देवीलाल चौधरी, लोकेन्द्र लम्साल, गोविन्द विक विशिष्ट अतिथि रहनुभएको थियो। साथै खेमराज पाण्डे, सबिर सुनार, अमिन दहित, दिपक खत्री निर्माण, चक्र रैकाल र मखन दहित नेता कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

अतिथिहरूले मन्तव्य राख्दै दलित मुक्तिमोर्चाले दलित समुदायको अधिकार, समानता र न्यायका लागि खेलेको भूमिकाको प्रशंसा गरेका थिए। उनीहरूले नयाँ निर्वाचित नेतृत्वलाई दलित समुदायको सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकार सुनिश्चिततामा अग्रसर हुन आग्रह गर्दै शुभकामना व्यक्त गरेका थिए।

सम्मेलनमा बोल्ने वक्ताहरूले नेपाली समाजमा विद्यमान विभेद, असमानता र उत्पीडनको अन्त्य गर्न दलित समुदाय एकजुट भएर संघर्षरत रहनुपर्नेमा जोड दिएका थिए। साथै, संगठनलाई अझ संगठित, सबल र जनमुखी बनाउन सबै तह–तप्कामा सहकार्य र समन्वय बढाउनुपर्ने आवश्यकता औंल्याइएको थियो।

कार्यक्रममा सहभागी कार्यकर्ताहरूले उत्साहपूर्ण उपस्थितिसहित सभालाई ऐतिहासिक बनाएका थिए। भव्य सभ्यता र सौहार्दपूर्ण वातावरणमा सम्पन्न उक्त सम्मेलनले कृष्णपुर नगर क्षेत्रमा दलित समुदायको नेतृत्वलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
मर्यादित पत्रकारिता र प्रेस स्वतन्त्रतामा जोड दिँदै कैलालीमा महासंघको ७१औँ स्थापना दिवस मनाइयो
सार्वजनिक स्थलमा जातीय विभेद, ‘जेल हालेर के हुन्छ’ भन्दै दम्भ
0
Would love your thoughts, please comment.x
()
x