कैलास सी अत्तरिया। नेपाल आज गम्भीर राजनीतिक संकटको गतीमा छ। संविधान जारी भएको एक दशक नबित्दै यसको वैधानिकता, व्यवहार्यता र प्रभावकारितामाथि गम्भीर प्रश्न उठेका छन्। विगत १५ वर्षमा पटक–पटक सरकार फेरिए तर जनताको जीवनस्तर सुधार भएन। बेरोजगारी, महँगी, भ्रष्टाचार, शिक्षाको व्यापारीकरण, स्वास्थ्यमा मुनाफाखोरी, भूमिहीनता र असमानता अझ गहिरिँदै गयो।
संकटको मूल कारण कमरेड विप्लवका अनुसार यो संकट कुनै आकस्मिक परिणाम होइन, बरु दलाल पुँजीवादी संसदीय व्यवस्थाको स्वाभाविक परिणाम हो। राजनीतिक दलहरू विदेशी स्वार्थसँग गाँसिएका छन्।
संसदवाद र चुनावी नाटकले जनतालाई भ्रममा पारे पनि मूल नीतिमा परिवर्तन छैन।
राष्ट्रिय स्वाधीनता र जनताको सार्वभौमसत्ता लगातार कुण्ठित भइरहेको छ।
यसरी, संकटको जर नै दलाल पुँजीवादी सत्ता र विदेशी शक्तिको नियन्त्रण हो।
दलहरूको विफलता कांग्रेस, एमाले, माओवादी लगायतका दलहरू “सत्ता व्यवस्थापन” मा त व्यस्त देखिन्छन् तर “जनताको समस्या समाधान” मा पूर्ण असफल छन्।उनीहरूको एजेन्डा विदेशी दातृ निकाय र पुँजीवादी स्वार्थमा केन्द्रित छ।
आन्तरिक विभाजन, भ्रष्टाचार र अवसरवादले गर्दा यी दलहरूले जनतामा विश्वास गुमाइसकेका छन्।
यही कारण जनतामा वैकल्पिक बाटोको खोजी तीव्र हुँदै गएको छ।
निकास : नयाँ क्रान्तिकारी केन्द्र
विप्लवका अनुसार वर्तमान संकटको निकास संसदवाद वा गठबन्धनमा छैन, बरु नयाँ क्रान्तिकारी केन्द्र निर्माणमा छ।
यो केन्द्र वैज्ञानिक समाजवादको आधारमा उभिनुपर्नेछ। जनसत्ताको व्यवस्था कायम गर्दै विदेशी हस्तक्षेपको अन्त्य गर्ने मूल लक्ष्य हुनुपर्नेछ।
मजदुर, किसान, युवा, विद्यार्थी सबैलाई संगठित गर्दै व्यापक जनआन्दोलनमार्फत मात्र यो सम्भव हुन्छ।
एकीकृत जनक्रान्तिको बाटो
विप्लवले प्रस्तुत गरेको राजनीतिक मार्ग “एकीकृत जनक्रान्ति” र नेपालि बिशेषताकाे समाजबाद हो।
यो मार्गले जनताको राजनीतिक चेतनालाई उचाल्ने, संघर्षलाई एकीकृत गर्ने र दलाल व्यवस्थाको विकल्प निर्माण गर्ने कुरा गर्छ।
दर्शनमा “एकीकृत सत्य”, विचारमा “एकीकृत जनक्रान्ति” र राजनीतिमा “जनसत्ता” नै निकासको दिशा हो।
निष्कर्ष
नेपालको राजनीतिक संकट समाधान पुराना दलहरूको भोट–गणित, सत्ता–सन्तुलन वा विदेशी एजेन्डाले कहिल्यै दिन सक्दैन। यो निकास नयाँ क्रान्तिकारी केन्द्र निर्माण, जनताको संगठित शक्ति र एकीकृत जनक्रान्तिको बाटोमार्फत मात्र सम्भव छ।
कमरेड विप्लव सी को दृष्टिमा, नेपालको भविष्य जनताको वास्तविक सत्तामा, राष्ट्रिय स्वाधीनतामा र वैज्ञानिक समाजवादमा निहित छ। यही बाटोमा हिँडे मात्र देशले संकटको घेराबाट बाहिर निस्कनेछ।
✍️नेकपा केन्द्रीय प्रतिनिधि समिति सदस्य