कालिकोट । नेपाल कम्युनिस्ट पार्टीले कालिकोटको तिलागुफा नगरपालिकाको एक विद्यालयमा अशक्त, असाह्य, अपाङ्ग, दलित र गरिब बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
मंगलबार नेकपाका केन्द्रीय सदस्य डिआर सीले कालिकोटकाे तिलागुफा नगरपालिकाकाे जुविथाकाे सत्यदेवी आधारभूत विद्यालयका अशक्त, असाह्य, अपाङ्ग, दलित र गरिब एक सय २० जना बालबालिकाका लागि शैक्षिक सामाग्री वितरण गर्नुभएको हाे ।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा २८ जना बालबालिकालाई ब्यग र एक सय २० जना बालबालिकालाई कपी कलम र पेन्सील वितरण गरिएको नेकपाका केन्द्रीय सदस्य डिआर सीले जानकारी दिनुभयो ।