देशलाई अग्रगामी निकासको खोजी : हाम्रो सरोकार र जिम्मेवारी

नेकपा केन्द्रीय प्रतिनिधि समिति सदस्य कैलास सी। देशले आज नयाँ नेतृत्व र अग्रगामी निकासलाई अधैर्यतापूर्वक प्रतीक्षा गरिरहेको छ। जनता मात्र होइन, राजनीतिक नेतृत्व, कार्यकर्ता, बुद्धिजीवी, नागरिक समाज सबैले अबको बाटो के हुन्छ भनेर गम्भीर चासोका साथ हेर्दैछन्।

__________ बिज्ञापन____________

तर प्रश्न यहाँ छ—राज्यको नयाँ नेतृत्व वारे जुन घेरा भित्रबाट सोचिँदैछ, के त्यतिले मात्र भ्रष्टाचारविरोधी संघर्ष र देशको स्वाधीनताको धारालाई समेट्न सक्छ?

१२ वर्षको निरन्तर संघर्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले विगत १२ वर्षदेखि भ्रष्टाचार, तस्करी, दलाली, विभेदविरोधी संघर्षमा निरन्तर बलिदान र दुख:कष्ट भोग्दै आएको छ।

यसै संघर्षको परिणामस्वरूप आज देशमा भ्रष्टाचारमाथि प्रश्न उठाउन सजिलो भएको छ।तस्करी र दलालीलाई राष्ट्रिय अपराधको रूपमा देख्न थालिएको छ।विभेदविरोधी आन्दोलनले समाजमा चेतना भित्र्याएको छ। यी सबै उपलब्धिहरू केवल एउटा पार्टीको मुद्दा मात्र होइन, समग्र देश र जनताको मुद्दा हुन्।

नयाँ पुस्ता, नयाँ चाहना आज जेन-जी पुस्ता जागरूक छ, निडर छ र स्पष्ट चाहनासहित अघि बढ्न चाहन्छ। उनीहरूको मूल चाहना छ—स्वच्छ राजनीति, स्वाधीन राष्ट्र, समान अवसर ,न्यायपूर्ण समाज खोजिरहेका छ्न।

यी चाहनालाई मुख्यमा राखी राजनीतिक समाधान खोज्न सकिएन भने, फेरि पनि पुरानै जालझेल र निराशा दोहोरिन सक्छ। हाम्रो विशेष आग्रह
हामी विशेष आग्रह गर्न चाहन्छौँ—

राज्यको नयाँ नेतृत्वको कल्पना गर्दा मात्र सत्ता-समिकरणमा सीमित नहोस्।भ्रष्टाचार, तस्करी, दलालीविरोधी संघर्षलाई राजनीतिक मूलधारकै एजेण्डा बनाउन जरुरी छ।जेन-जी पुस्ताको चाहना, सपना र आकांक्षालाई आधार बनाउँदै निकास खोजिनुपर्छ।

निष्कर्ष

देशलाई साँचो अग्रगामी निकास दिन चाहिन्छ भने बलिदान र संघर्षको इतिहासलाई बेवास्ता गरेर होइन, त्यसलाई आधार बनाएर अघि बढ्नुपर्छ।
सत्ताका खेल र घेरा मात्र बदल्ने होइन, मुलुकलाई स्वच्छ, स्वतन्त्र र समानतामूलक भविष्यमा लैजाने नेतृत्व निर्माण गर्न जरुरी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
मर्यादित पत्रकारिता र प्रेस स्वतन्त्रतामा जोड दिँदै कैलालीमा महासंघको ७१औँ स्थापना दिवस मनाइयो
सार्वजनिक स्थलमा जातीय विभेद, ‘जेल हालेर के हुन्छ’ भन्दै दम्भ
0
Would love your thoughts, please comment.x
()
x