म बथानबाट बिछुडीएको भेडो

डीआर पन्त

__________ बिज्ञापन____________

बथान बाट बिछुडीएको
म एक्लो भेडो
नयाँ बथान खोज्दै
नयाँ गोठ खोज्दै
ठिङ्ग उभिएको छु,
घाँसका तिनारा मुख भित्रै छन
न निल्नु, न ओकल्नु ?

मालिक बेपत्ता छन्
गोठ जलिसकेको छ
बथानका सबै संङ्गी भेडाहरु
नयाँ बथानमा मिसिइसके
नयाँ मालिकको गोठ भित्र

म बथानबाट बिछुडीएको भेडो
कहिले आगो लागेको गोठतिर हेर्छु
कहिले मालिक भागेको बाटो नियाल्छु
नयाँ नयाँ भेडाहरुको बथानतिर हेर्छु
उनीहरुको रजगज देख्छु

अनि सोच्छु
मालिक पो परिवर्तन भए
हामी भेडा त भेडा नै हौं
हिजो पनि भेडा, आज पनि भेडा
भोलि पनि भेडा
मालिकहरुले जसरी चराए
जहाँ चराए
चर्ने हो ।

भेडासँग चेतना हुँदैन
काटिइने दिन पर्खनु बाहेक
अर्को लक्ष्य हुँदैन
हिजो कस्ले काटे
आज को काट्दैछ
भोलि को काट्ने हो, यकिन हुँदैन
म बथानबाट बिछुडीएको भेडो

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप, ५ जना घाइते
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको चौथो सिनेट बैठक भोलि
धनगढीमा पत्रकारिता अध्ययनरत विद्यार्थीका लागि तीनदिने अभिप्रेरणा कार्यक्रम सुरु
बर्डफ्लुको आतंक, देशभर २३ स्थानमा संक्रमण पुष्टि
आज यी प्रदेशमा वर्षाको सम्भावना
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
0
Would love your thoughts, please comment.x
()
x