नेपाल-भारतका निर्माताको सहकार्यमा फिल्म ‘मोनालिसा’ बन्ने

काठमाडौं । भारतीय र नेपाली फिल्मकर्मीको सहकार्यमा नयाँ फिल्म निर्माण हुने भएको छ ।

__________ बिज्ञापन____________

बी एण्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेसनल स्टुडियोजको संयुक्त ब्यानरमा ‘मोनालिसा’ (ब्लडी लभ)’ निर्माण हुने भएको हो ।

 

दशैंको पहिलो दिन घटस्थापनाको अवसरमा फिल्मको औपचारिक घोषणा गर्दै शीर्षक पोस्टर सार्वजनिक गरियो ।

पटकथा लेखन तथा निर्देशन किङ योगीले गर्ने भएका छन् । ठूलो बजेटमा निर्माण हुने भनिएको यस फिल्ममा भारतसहित विभिन्न देशका अनुभवी प्राविधिक टोली संलग्न हुने जानकारी अक्स इन्टरनेसनल स्टुडियोजले दिएको छ ।

 

अहिले कलाकार छनोटको कार्य चलिरहेको जनाइएको छ । कथा, शैली र भिजुअलमा नयाँपन ल्याउने उद्देश्यसहित निर्माण हुन लागेको यो फिल्म सन् २०२६ मा विश्वव्यापी प्रदर्शन हुने अपेक्षा छ ।

फिल्ममा रोमान्स र एक्सनको मिश्रण रहने बताइएको छ । प्रेमका लागि कसरी युद्धसम्मको परिस्थिती सिर्जना हुन्छ भन्ने विषयलाई फिल्मले प्रस्तुत गर्ने जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
मर्यादित पत्रकारिता र प्रेस स्वतन्त्रतामा जोड दिँदै कैलालीमा महासंघको ७१औँ स्थापना दिवस मनाइयो
सार्वजनिक स्थलमा जातीय विभेद, ‘जेल हालेर के हुन्छ’ भन्दै दम्भ
0
Would love your thoughts, please comment.x
()
x