गोदावरी कृषि सहकारीद्वारा १३ औँ स्थापना दिवसमा सचेतनामूलक र्‍याली

अत्तरिया। कैलालीको गोदावरी नगरपालिका – ११ ओलानीमा रहेको गोदावरी कृषि विकास सहकारी संस्था लिमिटेडले १३ औँ स्थापना दिवसको अवसरमा सचेतनामूलक र्‍याली निकालेको छ ।

__________ बिज्ञापन____________

बिहीबार सहकारीले स्थापना दिवसको अवसरमा लागू औषध दुव्र्यसनी, महिला हिंसा तथा छाउपडी कुप्रथा अन्त्यका लागि सचेतनामूलक र्‍याली निकालेको हो ।

गोदावरीको वडा नम्बर ११ मा रहेको उक्त सहकारीले निकालेको र्‍यालीमा वडा नम्बर १०, ११ र १२ का स्थानीयको सहभागिता रहेको थियो । र्‍याली कोल्मुडा चौकी, सिमिडी कटान हुँदै सहकारीको प्राङ्गणमा पुगेर कोण सभामा परिणत भएको थियो ।

र्‍यालीमा सहभागीहरूले छाउपडी कुप्रथा अन्त्य गरौँ, महिला हिंसा अन्त्य गरौँ, महिलाको सम्मान हाम्रो पहिचान, १३ औँ सहकारीको स्थापना दिवस सफल पारौँ लगायतका नारा लगाइएका थिए । कोण सभामा बोल्दै सहकारीका अध्यक्ष कृष्ण विकले विगतका वर्षझैँ यस पटक पनि हिंसा रहित, समतामूलक समाज निर्माणका लागि सचेतनामूलक र्‍याली निकालिएको बताए ।

उनले समाजमा रहेका महिला हिंसा, छाउपडी कुप्रथा र लागू औषध दुव्र्यसनी अन्त्य होस भन्नका लागि र्‍याली आयोजना गरिएको बताए । संस्थाका संस्थापक अध्यक्ष टेक विकलीसानो लगानीबाट सुरु भएको सहकारी अहिले ठूलो पुँजी सङ्कलन गरिसकेको उनले बताए।र्‍यालीमा ठूलो सङ्ख्यामा सदस्यहरूको सहभागी रहेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
मर्यादित पत्रकारिता र प्रेस स्वतन्त्रतामा जोड दिँदै कैलालीमा महासंघको ७१औँ स्थापना दिवस मनाइयो
सार्वजनिक स्थलमा जातीय विभेद, ‘जेल हालेर के हुन्छ’ भन्दै दम्भ
0
Would love your thoughts, please comment.x
()
x