धरानका मेयर हर्क साम्पाङलाई नेपाली कम्युनिस्ट पार्टी विप्लब सिले नेतृत्व गरेको पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य कैलास सीको खुला पत्र लेखेका छ्न ।
प्रिय हर्क साम्पाङ ज्यू,क्रान्तिकारी अभिवादन मेयरसाब धरानमा तपाईंले थालेको अभियान अब सिंगो देशकै आशा र प्रेरणा बनेको छ। तपाईंको कदमले प्रमाणित गरेको छ— इमान, आत्मसम्मान र जनताप्रतिको समर्पण हुँदा पनि नेतृत्व सम्भव हुन्छ, कुर्सी र दलालको आशीर्वाद आवश्यक पर्दैन।
आज नेपाल भ्रष्टाचार, तस्करी, दलाली र विदेशी हस्तक्षेपको दुष्चक्रमा फसेको छ। जनता निराश छन्, नेतृत्वविहीन छन्। तर तपाईंले देखाउनुभएको साहसले जनतामा नयाँ ऊर्जा जगाएको छ। यही बाटोमा नेकपा (विप्लव) को आन्दोलन पनि बर्षाै अगाडिदेखि निर्न्तर संघर्षमा र अडानमा छ जेलनेल मा अहिले पनि कार्यकर्ता छन। देशका सम्पूर्ण स्रोतसाधनमा जनताको स्वामित्व,
भ्रष्टाचार र दलालीको अन्त्य,राष्ट्रिय स्वाधिनतामा आधारित समाजवादी भविष्य।हामीलाई थाहा छ, तपाईंलाई निरन्तर षड्यन्त्र र अवरोधको घेरामा पारिन्छ। तर तपाईंलाई जोगाउने शक्ति जनता हुन्। जनता नै तपाईंको असली ढाल र हतियार हुन्।
हर्क साम्पाङ जी ,यो संघर्ष केवल धरानको लागि होइन, सिंगो नेपालका लागि हो। तपाईं धरानमा जनताको भरोसा जोगाइरहनुभएको छ भने, हामी देशभरि त्यसैको विस्तार गर्न क्रान्तिकारी जिम्मेवारी पूरा गर्दैछौं।हामी, नेकपा (विप्लव) का कार्यकर्ताहरू, तपाईंलाई भन्न चाहन्छौं—तपाईं एक्लाे हुनुहुन्न। तपाईंका साथमा लाखौं जनताको विश्वास, सपना र संघर्षहरू उभिएका छन् त्यहि भाबना श्रम सङ्घर्ष अनुसन्धान बाट जन्मिएका नेता बिप्लब हुन , श्रम सङ्घर्ष अनुसन्धानबाट स्वाधीन सम्बृद्द राष्ट्र बनाउन एकपटक बिप्लब सी लाई भेटेर सम्बाद गर्नुहाेस ,बिप्लब ब्यक्ति हाेईन बिप्लब भनेकाे बिचार हाे देशप्रेम हाे राष्ट्रिय स्वाधीनताकाे धुरि खामाे हाे धन्यबाद ।
क्रान्तिकारी शुभेच्छा !
सुप प्रदेश कैलालि बाट