नयाँ कम्युनिस्ट केन्द्र निर्माण : इतिहासको अपरिहार्य आह्वान

नेकपा केन्द्रीय प्रतिनिधि समिति सदस्य कैलास सी। नेपाल कम्युनिस्ट पार्टीले नयाँ कम्युनिस्ट केन्द्र निर्माणको प्रस्ताव अघि सारेको छ — यो केवल एउटा संगठनात्मक पहल होइन, इतिहासले दिएको जिम्मेवारी हो। देशको वर्तमान राजनीतिक अवस्थाले पुरानो सोच र ढाँचा भित्र अब परिवर्तनको सम्भावना बाँकी नरहेको प्रष्ट देखाइसकेको छ।जेनजी विद्रोह— जनताको असन्तोष र विद्रोहको तीव्रतम रूप—ले नयाँ केन्द्र निर्माणका लागि वस्तुगत आधार तयार गरिदिएको छ। त्यो विद्रोहले प्रमाणित गर्‍यो कि पुराना शक्ति केन्द्रहरू अब जनताको आकांक्षा सम्हाल्न सक्दैनन्। जनताको ऊर्जा, साहस र परिवर्तनको इच्छा अहिले नयाँ राजनीतिक संयोजन र केन्द्र खोजिरहेको छ।तर, समस्या केवल विचारको होइन—नेतृत्वको पनि हो। कहिलेकाहीँ इतिहास आफैंले बनाएका नेताहरू नै इतिहासको बन्धन बन्न पुग्छन्। तिनले आफूलाई यथार्थभन्दा ठुलो ठान्दा नयाँ पुस्ताको बाटो रोकिन्छ। यहीँबाट इतिहासमा विचलन सुरु हुन्छ। तर यदि अग्रज नेताहरूले त्यो बन्धन तोड्ने साहस देखाए—नयाँ पुस्ताको गतिशीलता, विचार र दृष्टिकोणसँग ऐक्यबद्ध भए—त्यो दिन नयाँ, सशक्त र ऐतिहासिक केन्द्रको निर्माण हुनेछ, जसले देशको दिशा नै मोड्नेछ।
यो काम सजिलो छैन। यो केवल पार्टी पुनर्गठन होइन—एक युगको पुनर्परिभाषा हो। जुन कम्युनिस्ट आन्दोलन कहिल्यै घुँडेनम्र भएन, त्यही आन्दोलन अहिले आत्मपरिवर्तनको मोडमा उभिएको छ। संघर्ष र एकीकरणको यही द्वन्द्वबाट भविष्य जन्मिन्छ।यदि हामी इतिहासको बन्धन तोड्न सफल भयौं भने, नयाँ केन्द्र केवल पार्टी होइन—जनताको मुक्तिसँग गाँसिएको शक्ति केन्द्र हुनेछ। अनि त्यो केन्द्रबाट उठ्ने आवाज देशको हरेक पीडित हृदयमा प्रतिध्वनित हुनेछ—“अब परिवर्तन स्थगित हुँदैन।”

__________ बिज्ञापन____________

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
मर्यादित पत्रकारिता र प्रेस स्वतन्त्रतामा जोड दिँदै कैलालीमा महासंघको ७१औँ स्थापना दिवस मनाइयो
सार्वजनिक स्थलमा जातीय विभेद, ‘जेल हालेर के हुन्छ’ भन्दै दम्भ
0
Would love your thoughts, please comment.x
()
x