काठमाडौं । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गतको सुपर सिक्स चरणमा नेपालले घरेलु टोली ओमानमाथि ३८ रनको शानदार जित दर्ता गरेको छ।
पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५१ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा ओमान २० ओभर पुरा हुँदा ९ विकेट गुमाएर ११३ रनमा सीमित रह्यो।
नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै विपक्षी ब्याट्सम्यानहरूलाई दबाबमा राखे। यस जितसँगै नेपाल सुपर सिक्सको शीर्षस्थानमा पुगेको छ ।
नेपाल र ओमान दुवै विश्वकपमा छनोट भइसकेका छन् । आजको जितपछि नेपाल ४ खेलमा ८ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ ।
नेपालले आइतबार यूएईलाई तथा सोमबार कतारलाई हराएको थियो ।