विभेद मुक्त बन्दै बझाङ्गका गाउबस्ती

प्रदिप मलासी ,बझाङ्। सामाजिक कुसंस्कारले गहिरो जरो गारी बसि रहेेका बेला समाजमा विभिन्न खाले विभेद गरि मानवताको सिमा पार गर्ने नेपाली   समाज आजकाल दिनानु दिन रुपान्तरण हुँदै गईरहेेका छन ।

__________ बिज्ञापन____________

समाजमा हुने बाल बिबाह ,मदिरा दुरुपयोग ,घरेलु हिंसा ,बहुबिवाह र जातिय बिभेदले हाम्रो समाजमा सबै भन्दा बढी दलित र  महिला पिडित हुँदै गईरहेका बेला पछिल्लो अवस्थामा  दलित र महिलाहरु बिभेद मुक्त हुन थालेका छन ।

बझाङ्गको बुंगल नगरपालिकालाई केन्द्रमा राखि यति बेला लागू भईरहेको दलित सहयोग समाज द्वारा संचालित समान व्यवहार परियोजनाले समाजमा बिधमान कुसंस्कारको अन्त्य गर्न गाउँ बस्ति टोल टोलमा विभिन्न समूह गठन गरि महिला ,दलित किशोर किशोरीहरुलाई सक्रिय बनाएको छ ।

जिल्लाको बुंगल नगरपालिका ९मा बिगतका दिनहरुमा समाजले बिभिन्न खालका विभेद भ‍ोग्दै आएका बेला समान व्यवहार परियोजना लागू भए पछि अहिले बस्तीमा सुुन्दर शान्त र शुसासनयुक्त समाज भएको आभास हुन थालेको छ ।

मदिराको अत्याधिक सेेवन गरि घरमा हुने झईझगडा र उमेर नपुग्दै गरिने बाल बिवाह , सन्तानको मोह राख्दै हुने बहुबिवाह र महिनाबारी समयमा पेट भरि खान नपाउने सुत्न पशुचौपाया संगको गोठमा बास बस्नु पर्ने  जातकै कारण समाजमा अपहेलना खेप्नु पर्ने  बिगतको यो अवस्था अहिले भने दलित सहयोग समाजको समान व्यवहार परियोजनाको ठूलो योगदानले समाज निकै परिवर्तन भएको छ ।

बिगत भन्दा अहिले समाज धेरै परिर्वतन भएको  महिनावारी लैङ्गिक विभेद, जातिय विभेद बाल बिवाह निकै कम हुन थालेको र  समान व्यवहार परियोजना लागू भए पछि समाज सुधार गर्ने थप बानिको बिकास भएको ग्रामिण महिला समूह बुंगल नगरपालिका ९ कि सदस्य उजली देवी बोहराले बताए ।

परियोजना लागू नहुनु अगाडि आफ्नो गाउमा विभिन्न खालका बिभेदहरु चर्कोरुपमा चलिरहेको भए पनि विभिन्न समुहमा भेला भई मानिस सबै समान हुन्छौ भन्ने कुरा बुझे पछि अहिले बिभेद मुक्त समाज बनेको बोहराले बताए ।

छोरा छोरी समान सम्झेर हामीले अहिले सबैलाई बिधालय पठाउने गरेका छौ बिगतका दिनमा महिनावारी हुदा गोरु गोठमा बास बस्ने गरे पनि अहिले दैनिक सरसफाई गर्ने र आफ्नै सुुत्ने कोठामा सुत्ने गरेको ग्रामिण महिला समुहकी सदस्य गौरा देवी बोहराले बताउनु भयो । पहिला पहिला दलित समुदायलाई सार्वजनिक क्षेत्रमा सहित विभेद गर्ने यो समाज हो अहिले परियोजना बाट धेेरै चेतनशिल कुरा सिक्दै जादा जातिय विभेद बिगत भन्दै निकै कम भएको समुहका अध्यक्ष धाना बि कले बताए ।

परियोजनाको मुख्य लक्ष्य उद्वेेश्य नै समाजमा रहेेका विभेद अनत्य गरि मानव मानव समान हु भन्ने कुराको महसुुस गराउने र समाजलाई एकताबद्व बनाउने रहेकोले समाज रुपान्त्तरण गर्न दलित सहयोग समाज लागि रहने संस्थाका कार्यकारी निर्देशक सुनिल नेपालीले बताए ।

आफुहरु निरन्तर फिल्डमै रहि समाजका बिधमान हानिकारक तत्व हटाउन लागि रहेका छौ । यो परियोजना बुंगल नगरपालिकाको वडा नंंम्बर ६,७,९,१०र ११मा लागू भएको र यी सबै वडामा भएका विभेद अन्त्य हुँदै गएको र थप समाजमा गर्नु पर्ने कार्यका लागि परियोजना र संस्था  निरन्तर लागि रहने समान व्यवहार परियोजना संयोजक  भिम रसाईलीले बताए ।

धाना बिकको अध्यक्षतामा गठित ग्रामिण महिला समूह बुंगल नगरपालिका ९ सैनडी गाउका २५ सदस्य रहेेको उक्त समुहका महिला त्यही बस्तीका किशोर किशोरी समूह ,दाजुभाई समूह, मिश्रित समूह र पुरुष समुहले मिलेर बस्तीमा हुने मदिरा दुरुपयोग, घरेलु हिंंसा, बाल बिवाह , जातिय विभेद  र बहुबिवाहलाई बन्देज लगाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
मर्यादित पत्रकारिता र प्रेस स्वतन्त्रतामा जोड दिँदै कैलालीमा महासंघको ७१औँ स्थापना दिवस मनाइयो
सार्वजनिक स्थलमा जातीय विभेद, ‘जेल हालेर के हुन्छ’ भन्दै दम्भ
0
Would love your thoughts, please comment.x
()
x