बझाङमा धार्मिक गुरूहरू सामाजिक कुप्रथाविरुद्ध एकजुट, गाउँ–गाउँमा चल्दै सचेतना अभियान

बझाङ । बझाङका धार्मिक गुरूहरू सामाजिक कुप्रथा र अन्धविश्वासका विरुद्धमा अगाडि बढेका छन् । गाउँ–गाउँमा अभियान चलाउँदै उनीहरूले घरेलु हिंसा, महिनावारी विभेद, बालविवाह, जातीय छुवाछुतलगायतका सामाजिक विकृतिजन्य कुरिती अन्त्यका लागि जनचेतना फैलाउने कार्य थालेका हुन् ।

__________ बिज्ञापन____________

 

शुक्रबारदेखि बुंगल नगरपालिका–६, ७, ९, १० र ११ मा ‘कुरिती र अन्धविश्वास विरुद्ध धार्मिक प्रवचन कार्यक्रम’ सुरु भएको छ । उक्त कार्यक्रममा हिन्दु धर्मगुरू संस्कार शिरोमणी ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्त पञ्चांगकार र वैदिक पुरोहित सुरेश सनातनी आर्यले प्रवचन दिइरहेका छन् ।

 

प्रवचनका क्रममा पण्डित पन्तले वेद र गीतामा कुनै पनि विभेदजन्य व्यवहारको समर्थन नभएको स्पष्ट पारे । उनले भने, “धर्मले नभनेको कुरालाई अधार्मिक कुरा गरेर कुरितीको पछि लाग्नु गलत हो ।” उनले धर्म र विज्ञान दुवैको ज्ञान राख्ने व्यक्तिलाई नै ‘साँचो ज्ञानी’ मानेर विभेद होइन, समानताको अभ्यास गर्नुपर्ने बताए ।

 

महिनावारी विभेदका विषयमा उनले भने, “महिनावारी प्राकृतिक कुरा हो, अस्वस्थता होइन । त्यसलाई तिरस्कृत गर्नु पाप हो । हिन्दु धर्मले पनि महिनावारी भएकी महिलालाई तिरस्कार गर्नु हजारौँ ब्राह्मण र गाई मारे सरह पाप लाग्छ भनेको छ ।”

 

त्यस्तै, वैदिक पुरोहित सुरेश पार्की सनातनी आर्यले परम्परागत रूपमा प्रयोग हुने गहुँत, गोबर र सुनपानीलाई गलत अर्थ लगाएर ‘कुप्रथा’ का रूपमा प्रचार गरिएको बताए । उनका अनुसार, “गहुँत छर्कनु भनेको किटाणु नाश गर्नु हो । गाईको गोबर र सुनपानी प्राकृतिक सेनिटाइजर हुन् । त्यसको वैज्ञानिक कारण बुझ्न जरुरी छ, त्यसलाई जातीय विभेदसँग जोड्नु गलत हो ।”

 

समान व्यवहार परियोजना (EVE) अन्तर्गत युएमएन र दलित सहयोग समाजले संयुक्त रूपमा आयोजना गरेको यो प्रवचन कार्यक्रमको उद्देश्य धर्म र संस्कृतिमा आधारित सही व्याख्या प्रस्तुत गर्दै समाजमा रहेका हानिकारक प्रथालाई अन्त्य गर्नु रहेको छ ।

 

परियोजनाका फिल्ड अधिकृत भीम रसाइलीका अनुसार, “परम्परा र संस्कृतिका नाममा लुकेका विभेदजन्य व्यवहार र कुरिती विरुद्ध धार्मिक दृष्टिकोणबाट जनचेतना फैलाउने हाम्रो उद्देश्य हो ।”

 

राससबाट प्राप्त जानकारीअनुसार, यो अभियान बझाङका अन्य वडामा पनि विस्तार गर्ने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
मर्यादित पत्रकारिता र प्रेस स्वतन्त्रतामा जोड दिँदै कैलालीमा महासंघको ७१औँ स्थापना दिवस मनाइयो
सार्वजनिक स्थलमा जातीय विभेद, ‘जेल हालेर के हुन्छ’ भन्दै दम्भ
0
Would love your thoughts, please comment.x
()
x