धनगढीमा चैतन्य पाठशालाको बहुआयामिक शैक्षिक महोत्सवको तयारी पूरा

धनगढी । चैतन्य पाठशालाले आगामी शनिबार आयोजना गर्न लागेको ‘बहुआयामिक शैक्षिक महोत्सव–२०८२’ को सबै तयारी पूरा भएको घोषणा गरेको छ। बिहान ८ बजेदेखि सुरु हुने महोत्सवमा जिल्ला स्तरीय SCRABBLE Competition, MUN Debate, र QUEST Nepalसँग सहकार्यमा सञ्चालन हुने १०औं SQC Convention of Sudur SQC Alliance प्रमुख आकर्षण रहने विद्यालयले जनाएको छ।

__________ बिज्ञापन____________

 

महोत्सवले विद्यार्थीहरूमा भाषा तथा शब्द–दक्षता, विश्लेषण–क्षमता, कूटनीतिक नेतृत्व कौशल, समस्या–समाधान सीप र नवप्रवर्तन सोचलाई अभिवृद्धि गर्ने लक्ष्य राखिएको आयोजकको भनाइ छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन हुने SCRABBLE प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन्।

 

त्यस्तै, MUN Debate मार्फत सहभागी विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय कूटनीति, वैश्विक छलफल, वार्ता तथा प्रस्ताव निर्माणजस्ता व्यवहारिक सीपमा प्रशिक्षित गराइनेछ।

यसैगरी, १०औं Sudur SQC Alliance Convention अन्तर्गत विद्यार्थी–केन्द्रित केस स्टडी, समस्या पहिचान, समाधान प्रस्तुति तथा गुणस्तर सुधारका गतिविधिहरू सञ्चालन हुने बताइएको छ। विद्यालयका अनुसार, यस संस्करणले सुदूरपश्चिममा गुणस्तरीय शिक्षा प्रवर्द्धनमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

 

कार्यक्रममा विभिन्न विद्यालयका प्राचार्य, शिक्षक, विद्यार्थी टोली, SQC संयोजक, Scrabble Club Nepal का प्रतिनिधि तथा MUN निर्णायकहरूको उपस्थिति रहनेछ। महोत्सवको औपचारिक उद्घाटन दिउँसो १ बजेका लागि तय गरिएको विद्यालयले जनाएको छ।

 

विद्यालयले सञ्चार माध्यमलाई पनि कार्यक्रमस्थलमै उपस्थित भई शैक्षिक गतिविधिको प्रवर्द्धनमा साथ दिन आग्रह गरेको छ। सहभागी विद्यार्थीहरूका लागि ट्रफी, प्रमाण–पत्र, सम्मान तथा भोजनको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

बर्डफ्लुको आतंक, देशभर २३ स्थानमा संक्रमण पुष्टि
आज यी प्रदेशमा वर्षाको सम्भावना
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
0
Would love your thoughts, please comment.x
()
x