धनगढीमा पर्यटन फोटो पत्रकारिता तालिम : सुदूरपश्चिमका पत्रकारहरूलाई क्यामेरामैत्री प्रशिक्षण 

धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा पर्यटन फोटो पत्रकारितामुखी तीनदिने विशेष तालिम सुरु भएको छ। नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी)को पहलमा आयोजना गरिएको यो तालिम राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) तथा नेपाल पत्रकार महासंघ कैलालीसँगको सहकार्यमा सञ्चालन भइरहेको हो।

__________ बिज्ञापन____________

 

सुदूरपश्चिमका नौवटै जिल्लाबाट झन्डै ३५ पत्रकार सहभागी भएको तालिमको उद्देश्य पर्यटन प्रवर्द्धनलाई दृश्यात्मक माध्यमबाट प्रभावकारी बनाउनु, स्थानीय आकर्षणको अभिलेखन मजबुत गर्नु र पर्यटन गतिविधिमा समुदायको सहभागिता बढाउनु रहेको आयोजकले जनाएको छ।

 

उद्घाटनमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत शाहले यो तालिम प्रदेशको पर्यटन अभियानका लागि ‘माइलस्टोन’ बन्ने टिप्पणी गरे। उनका अनुसार धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले समृद्ध सुदूरपश्चिमलाई अघि बढाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छ।

 

त्यस्तै, महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले मिडियाको गुणस्तर उकास्ने आधार नै क्षमता अभिवृद्धि भएकाले यस्ता तालिम अनिवार्य रहेको बताए। “सिपले नै समाचारको स्तर निर्धारण गर्छ,” उनले भने।

एनएफपीजेका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारिता पर्यटन प्रवर्द्धनको आधारभूत खम्बा भएको बताउँदै, “एक उत्कृष्ट फोटोले गन्तव्यलाई विश्वभर परिचित गराउन सक्छ,” भने।

 

फील्ड अभ्यासका क्रममा सहभागीहरू शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पुगेका छन्, जहाँ उनीहरू जैविक विविधता, वन्यजन्तु, घाँसेमैदान र प्राकृतिक आकर्षणको अध्ययन गर्दै उच्चस्तरको फोटो–डोकुमेन्टेसन तयार गर्नेछन्।

 

पहिलो सत्रमा नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दिलिप प्रकाश कार्कीले पर्यटन पत्रकारिताका मूल सिद्धान्त र सञ्चार रणनीतिबारे प्रशिक्षण दिएका थिए। उनका अनुसार पत्रकारले दीगो र उत्तरदायी पर्यटनलाई प्राथमिकतामा राखी सामग्री तयार गर्नुपर्नेछ।

 

फोटो पत्रकारहरू सुनिल चुडा बज्राचार्य, प्रकाशचन्द्र तिमिल्सेना र प्रदीपराज वन्तले फ्रेम निर्माणदेखि तस्बिरमा कथा भर्नेसम्मका विषयमा व्यावहारिक र सैद्धान्तिक कक्षा लिइरहेका छन्। तालिमको समन्वय एनएफपीजेका कोषाध्यक्ष प्रदीप श्रेष्ठले गरिरहेका छन्।

पहिलो संस्करण विराटनगरमा सम्पन्न भएको यो तालिमको तेस्रो संस्करण पोखरामा आयोजना हुने तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
मर्यादित पत्रकारिता र प्रेस स्वतन्त्रतामा जोड दिँदै कैलालीमा महासंघको ७१औँ स्थापना दिवस मनाइयो
सार्वजनिक स्थलमा जातीय विभेद, ‘जेल हालेर के हुन्छ’ भन्दै दम्भ
0
Would love your thoughts, please comment.x
()
x