डोटीबाट एमाले महाधिवेशनका लागि बम बहादुर बम ४० वर्षमुनिका सर्वसम्मत प्रतिनिधि चयन

दीपक बहादुर विश्वकर्मा

__________ बिज्ञापन____________

डोटी । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनका लागि डोटीबाट ४० वर्षमुनिका युवामध्ये बम बहादुर बम सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएका छन्। आइतबार सम्पन्न एमाले डोटीको प्रतिनिधि छनोट बैठकले ३८ वर्षीय युवा नेता बम बहादुर बमलाई महाधिवेशन प्रतिनिधिका रूपमा मनोनयन गरेको हो।

 

एमाले डोटी जिल्ला कमिटीका पूर्व सचिवालय सदस्य रहेका बम बहादुर बम नौौँ जिल्ला अधिवेशनमा उपसचिव पदमा प्रतिस्पर्धा गर्दा पराजित भए पनि युवामाझ भने लोकप्रिय नेताका रूपमा उभिएका छन्। उनी यसअघि १०औँ राष्ट्रिय महाधिवेशनमा समेत प्रतिनिधि भइसकेका छन्।

अनेरास्ववियुको विद्यार्थी राजनीतिबाट उदाएका बम बहादुर बम जिल्ला युवा समिति डोटीका पूर्व अध्यक्ष पनि हुन्। हालै मंसिर १० गते धनगढीमा राष्ट्रिय युवा संघले आयोजना गरेको कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतलगायत नेताहरू उपस्थित हुँदा ‘जेनजी’ समूहका युवाहरूले गरेको नाराबाजी नियन्त्रण गर्न बमले निभाएको भूमिकाले उनी राजनीतिक वृत्तमा थप चर्चामा आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
मर्यादित पत्रकारिता र प्रेस स्वतन्त्रतामा जोड दिँदै कैलालीमा महासंघको ७१औँ स्थापना दिवस मनाइयो
सार्वजनिक स्थलमा जातीय विभेद, ‘जेल हालेर के हुन्छ’ भन्दै दम्भ
0
Would love your thoughts, please comment.x
()
x