महिला जागरण तथा विकास केन्द्र(CWAD) गर्यो वार्षिक उपलब्धि सार्वजनिक

भरत दास धनगढी। गैर सरकारी संस्था महिला जागरण तथा विकास केन्द्र (CWAD)ले आफ्ना वार्षिक उपलब्धिहरु सार्वजनिक गरेको छ । शनिबार धनगढीमा आयोजित एक कार्यक्रममा केन्द्रले वार्षिक उपलब्धि सार्वजनिक गरेको हो ।

__________ बिज्ञापन____________

AEIN को सहयोग दलित महिला अधिकार मञ्च नेपाल धनगढीको सहयोगमा सिमान्तकृत समुदायको न्यायमा पहुँच सुनिश्चितताको लागि सशक्तीकरण र क्षमता निर्वाण कार्यक्रमको उपलब्धि सम्बन्धि कार्यक्रम जनावरी २०२४ देखि २०२६ सम्म तीन वर्ष सम्म संस्था ले काम गर्ने छ।

कार्यक्रममा उपलब्धिहरु सार्वजनिक गर्दै प्राध्यापक डाक्टर शशी अधकारीले महिला जागरण तथा विकास केन्द्रले प्रदान गरेका सिपमुलक कार्यक्रमहरुका कारण थुप्रै महिलाहरु आत्मनिर्भर बन्न सफल भएको बताइन् । एक वर्षको अवधीमा गरिएका तालिमहरु पनि प्रभावकारी भएको र महिलाहरुको नेतृत्व विकास भएको उनले बताइन् । पाँच वटा विधालयका ७५ जना विद्यार्थी लाई शैक्षिक सामाग्री समेत दिदै आएको एक विद्यालय बाट१५ जना गरिव जेहेन्दार विद्यार्थी लाई उक्त शैक्षिक सायता कार्यक्रम सैमजी माध्यामिक विद्यालय गोदावरी ,श्री चण्डेश्वरी आधारभुत विद्यालय गोदावरी ,श्री भवानी माध्यमिक विद्यालय धनगडी ,श्री नमुना प्राविधिक माद्यामिक विद्यालय धनगढी र श्री शुवेर्णेश्वर आधारभुत विद्यालय भक्तपुर रहेको उनले बताइन।

 

केन्द्रले महिलाहरुको समूह गठन गरी सिपमुलक तालिमहरु सञ्चालन गरेको र व्यवसाय सुरुवातका लागि आर्थिक सहयोग समेत गरेको र माग आधारमा थप सहयोग गर्नेअधिकारीले बताइन् । कार्यक्रममा आफ्नो प्रस्तुती राख्दै केन्द्रकी अध्यक्ष डाक्टर अनिता श्रेष्ठले कानुनी पहिचान, व्यक्तिगत घटना दर्ता लगायतका अति महत्वपूर्ण विषयमा पनि आजसम्म पनि कतिपय महिलाहरु अनविज्ञ रहेको बताइन् ।

 

महिला जागरण तथा विकास केन्द्रले धनगढी उपमहानगर पालिका ८ र ९ तथा गोदावरी नगरपालिका ७ र ८ वडाहरुमा काम गर्दै अइरहेको छ । सन् १९९७ मा स्थापना भएको यो संस्थाको मुख्य लक्ष नेपालमा महिला र बालबालिकाको अधिकारको संरक्षण एवंम प्रवद्र्धनमा केन्द्रित रहेको छ । यस्ले न्यायमा पहुँच सुनिश्चित गर्नुका साथै विभेद र हिंसा न्यूनिकरण सम्बन्धी कार्यकमहरु आयोजना गर्दै आईरहेको छ।

धनगढी तथा गोदावरीका जनप्रतिनिहरु, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थामा आवद्ध प्रतिनिधिहरु,कानुन व्यवसायी,स्थानीय समुहका महिलाहरु,सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियोे । स्वागत मन्त्वय दलित अधिकार मञ्च नेपाल कि अध्यक्ष साबित्रा घिमिरे गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन केन्द्रकी सहजकर्ता रुपा विकले गरेकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
मर्यादित पत्रकारिता र प्रेस स्वतन्त्रतामा जोड दिँदै कैलालीमा महासंघको ७१औँ स्थापना दिवस मनाइयो
सार्वजनिक स्थलमा जातीय विभेद, ‘जेल हालेर के हुन्छ’ भन्दै दम्भ
0
Would love your thoughts, please comment.x
()
x