जन्मदिनको अवसरमा दिनेश बिकद्वारा शैक्षिक सामग्री वितरण, गौरीगंगा–५ मा प्रेरणादायी पहल

कैलाली । गौरीगंगा नगरपालिका–५ का युवा समाजसेवी दिनेश बिक ले आफ्नो ३५औँ जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै उदाहरणीय कार्य गरेका छन्। व्यक्तिगत उत्सवलाई समाजसेवामा रूपान्तरण गर्दै उनले वडाका दुई विद्यालयका बालबालिकालाई करिब १० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन्।

__________ बिज्ञापन____________

उनले श्री जनजागृति आधारभूत विद्यालय मा वालविकासमा अध्ययनरत बालबालिका तथा शिशु सुधार प्रावि का कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीलाई कापी, कलम, लगायतका आवश्यक शैक्षिक सामग्री वितरण गरेका थिए।

कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष विष्णु प्रसाद भाट वडा सदस्य दिपक बडैला, शिशु सुधार प्राविका विव्यस अध्यक्ष गोपाल बोहोरा, मोहन्याल माविका विव्यस अध्यक्ष कमल जनाला, पूर्व विव्यस अध्यक्ष लक्ष्मण जनाला, हात्ती सामुदायिक बनका अध्यक्ष हेमन्त साउँद, गौरीगंगा ११ स्पोर्ट्स क्लब का अध्यक्ष दिनेश कलेल, युवा नेता प्रकाश नेपाली, करन साउँद तथा समाजसेवी लोक बहादुर जनाला लगायतको उपस्थिति रहेको थियो।

स्थानीय अगुवाहरूले दिनेश बिकको कार्यलाई “युवाहरूका लागि प्रेरणादायी कदम” भन्दै प्रशंसा गरेका छन्। जन्मदिनमा तडकभडक नगरी शैक्षिक सामग्री वितरण गरेर उनले समाजप्रति जिम्मेवार नागरिकको परिचय दिएको बताए।

दिनेश बिकले भने, “बालबालिकाको भविष्य उज्यालो बनाउन सानो सहयोग पनि महत्वपूर्ण हुन्छ। आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिनेछु।”

उनको यो पहलले गौरीगंगा–५ मा सकारात्मक सन्देश फैलाएको छ भने स्थानीय स्तरमै युवाशक्तिले परिवर्तन सम्भव छ भन्ने उदाहरण प्रस्तुत गरेको छ। गाउँमा सामान्य देखिने यो कदमले धेरै अभिभावक र विद्यार्थीको मन जितेको छ।

किन विशेष छन् दिनेश बिक?

– जन्मदिनलाई सेवामुखी अभियानमा बदल्ने सोच

– शिक्षालाई प्राथमिकता दिँदै बालबालिकामा लगानी

– स्थानीय जनप्रतिनिधि, युवा र अगुवासँग सहकार्य

– युवाहरूलाई सामाजिक उत्तरदायित्वतर्फ प्रेरित गर्ने नेतृत्व

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
मर्यादित पत्रकारिता र प्रेस स्वतन्त्रतामा जोड दिँदै कैलालीमा महासंघको ७१औँ स्थापना दिवस मनाइयो
सार्वजनिक स्थलमा जातीय विभेद, ‘जेल हालेर के हुन्छ’ भन्दै दम्भ
0
Would love your thoughts, please comment.x
()
x