धनगढी। कैलालीको गेटामा सञ्चालनमा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ले ठूलो संख्यामा प्राध्यापक तथा उप–प्राध्यापक पदका लागि आवेदन आह्वान गरेको छ।
विश्वविद्यालयले शुक्रबार सूचना प्रकाशित गर्दै शैक्षिक कार्यक्रमलाई प्रभावकारी र व्यवस्थित रूपमा सञ्चालन गर्न २६ जना प्राध्यापक र ३६ जना उप–प्राध्यापक पदका लागि दरखास्त माग गरेको जनाएको हो।
प्रकाशित सूचनाअनुसार सम्बन्धित विषयमा आवश्यक शैक्षिक योग्यता र अनुभव पुगेका उम्मेदवारहरूले तोकिएको समयसीमाभित्र आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया, योग्यता, आवश्यक कागजात तथा अन्य विवरण विश्वविद्यालयको आधिकारिक सूचनामा उल्लेख गरिएको छ।
विश्वविद्यालयले योग्य र दक्ष जनशक्ति भित्र्याएर स्वास्थ्य शिक्षा क्षेत्रमा गुणस्तरीय अध्यापन र अनुसन्धानलाई सुदृढ बनाउने लक्ष्य राखेको जनाएको छ।