बेलिङह्यामलाई दुई खेलमा प्रतिबन्ध

मड्रिड । भ्यालेन्सियाविरुद्धको खेलमा रातो कार्ड पाएका रियल मड्रिडका डिफेन्डर जुड बेलिङह्यामलाई ला लिगामा दुई खेलका लागि प्रतिबन्ध गरिएको छ । २–२ को बराबरीमा सकिएको उक्त खेलमा २० वर्षीय खेलाडीले इन्जुरी समयको छैटौँ मिनेटमा रियलका लागि विजयी गोल गरेको ठानेका थिए ।

__________ बिज्ञापन____________

तर, रेफ्री जिल मानजानोले क्रस अघि नै अन्तिम सिट्ठी फुकेका थिए । त्यस लगत्तै बेलिङह्यामसहित रियलका खेलाडीहरूले रेफ्रीलाई घेरेर असन्तुष्टि पोखेका थिए ।

स्पेनिस फुटबल फेडरेसन (आरएफईएफ) ले बेलिङह्यामले रेफ्री मोनजानोको अपमान र उपेक्षा गरेका बताएको छ । घाइते भएर मैदान बाहिर रहेका बेलिङह्याम सो खेलमा तीन हप्तापछि फर्किएका थिए । फेडरेसनको अनुशासन समितिले बेलिह्यामलाई ६ सय युरो र रियललाई ७ सय युरो जरिवाना गरेको छ । रियलले बेलिङह्यामको रातो कार्डविरुद्ध अपिल समेत गरेको थियो । तर, अनुशासन समितिले सो अपिल खारेज गरेको छ ।ला लिगामा प्रतिबन्ध खेपे पनि उनले बुधबार आरबी लेइपजिगविरुद्ध च्याम्पियन्स लिगअन्तरगत अन्तिम १६ को खेल भने खेलेका थिए । उनैको पासमा भिनिसियस जुनियरले गोल गर्दा रियल बराबरी खेल्दै क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

स्रोत :रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

धनगढीमा पत्रकारिता अध्ययनरत विद्यार्थीका लागि तीनदिने अभिप्रेरणा कार्यक्रम सुरु
बर्डफ्लुको आतंक, देशभर २३ स्थानमा संक्रमण पुष्टि
आज यी प्रदेशमा वर्षाको सम्भावना
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
महाकालीमा बगेर एकजना बेपत्ता
धनगढीमा तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ
0
Would love your thoughts, please comment.x
()
x