७ महिला फिल्मकर्मी सम्मानित, मन्त्री शर्मा भन्छिन्- फिल्म क्षेत्रमा महिलाको सक्रियता गौरवपूर्ण

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाली फिल्ममा योगदान पुर्याउने सात महिला फिल्मकर्मीलाई चलचित्र विकास बोर्डले सम्मान गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार उक्त सम्मान प्रदान गरिन् । अभिनेत्रीहरु केकी अधिकारी, प्रियंका कार्की, सरिता लामिछाने, निर्देशक रेनशा बान्तवा राणा, प्राविधिक ऋतु राना, एक्सन-कोरियोग्राफर किरण दाहाल र कला पत्रकार शारदा थापालाई सम्मान […]
उपकुलपति सिंहको अपमानजनक बिदाइ

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको कार्यकाल बिहीबार सकिँदै छ । यद्यपि भारतमा आयोजना हुन लागेको कुनै एक कार्यक्रमका सहभागी हुने भएकाले उनलाई मंगलबार साँझ उनकै निवासमा बिदाइ गरियो । उपकुलपति सिंह कार्यकाल सकेर विश्वविद्यालयबाट बाहिरिँदै गर्दासमेत विश्वविद्यालयमा लगाइएको ताला खुल्न सकेन । प्र्राध्यापक संघ–संगठन तथा विद्यार्थी संगठनहरुले विभिन्न मागहरु राख्दै गत असोज […]
युनिग्लोबका उत्कृष्ट अधिकारी र अम्बुवाङ राईको संयुक्त योजनालाई प्रथम स्थान हासिल

काठमाडौँ । राजधानीको कमलादीस्थित युनिग्लोबल माध्यामिक विद्यालयले विद्यार्थीलाई उद्यमशीलतासम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको थिंक ट्यांक क्लबले कक्षा ११ र १२ का विद्यार्थीहरू बीच उद्यमशीलताको सीप विकास गर्ने उद्देश्यले यस्तो कार्यक्रम सम्पन्न गरिएको हो । ‘माई ड्रिम पिच’ को पहिलो संस्करण फागुन ९ गते देखि १५ गते सम्म सञ्चालन गरेको थियो । कार्यक्रमले विद्यार्थीहरूलाई […]
त्रिभुवन विश्वविद्यालयका स्नातक तहका विद्यार्थी प्रयोगशाला बन्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्नातक तहलाई चार वर्षेबाट तीन वर्षेमा झार्ने विषय चर्चामा छ । नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालले पदभार ग्रहणसँगै स्नातकलाई तीन वर्षे बनाउने उद्घोष गरेका थिए । उनको उद्घोषपछि यसको पक्ष र विपक्षमा बहस चलिरहेको छ । एकाथरीले यो विषय जायज भनिरहेका छन् भने अर्काथरीले त्यस्तो गर्न नहुने तर्क गरिरहेका छन् । […]
तीन विश्वविद्यालय उपकुलपतिविहीन

काठमाडौँ । तीन विश्वविद्यालय नेतृत्वविहीन बनेका छन् । पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालय उपकुलपति विहीन बनेका हुन् । तिनै विश्वविद्यालयका उपकुलपतिको कार्यकाल सकिएपछि उपकुलपतिविहीन बनेका हुन् । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवराज कोइराला, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंह र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. अम्मराज जोशीको कार्यकाल सकिएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई १९ […]
शिक्षामा बढी चासो राख्ने सुमनालाई शिक्षा मन्त्रालयकै जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ संसदमा, संसदीय समितिमा सबैभन्दा बढी प्रश्न गर्नेमा पर्छिन् । जल्दाबल्दा विषयमा गहन अध्ययनसहित सरकार तथा सरोकारवाला निकायमाथि उनको तिखो प्रश्न जान्छन् । तीक्ष्ण तार्किक क्षमता भएकी सुमनाको काँधमा यतिबेला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनलाई शिक्षा मन्त्रालयको मन्त्रीको जिम्मेवारी दिइएको हो । अब […]
सय टेस्टको सँघारमा चार क्रिकेटर

काठमाडौँ । विश्व क्रिकेटमा हालसम्म ७६ जना खेलाडीले एक सय वा त्योभन्दा बढी टेस्ट प्रतियोगिता खेलिसकेका छन् । तर, यसै साता यो सूचीमा चारजना खेलाडी थपिने भएका छन् । त्यसपछि एक सय टेस्ट खेल्ने क्रिकेटरको सङ्ख्या ८० पुग्नेछ । घरेलु टोली भारत र इङ्ल्यान्डबिच आगामी बिहीबार धर्मशालामा पाँचौँ टेस्ट सुरु हुँदैछ । उक्त टेस्ट भारतका […]
बुबा–आमाले फिटनेसका लागि फुटबल खेलाए, उनले करियर नै बनाइन्

विराटनगर । पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा नेपाली टोली पराजित बन्यो । तर, यो प्रतियोगितामा नेपाली महिला फुटबलरहरूले विश्वको ध्यान खिचे । नेपालकी चर्चित फुटबलर सावित्रा भण्डारीदेखि गीता राना, रेखा पौडेल, प्रीति राई, पूजा रानाको खेलको सबैतिर चर्चा भयो । गत फागुन १६ गते बुधबार लेवनानसँगको प्रतिस्पर्धामा नेपाल २–१ ले विजयी हुँदा […]
बेलिङह्यामलाई दुई खेलमा प्रतिबन्ध

मड्रिड । भ्यालेन्सियाविरुद्धको खेलमा रातो कार्ड पाएका रियल मड्रिडका डिफेन्डर जुड बेलिङह्यामलाई ला लिगामा दुई खेलका लागि प्रतिबन्ध गरिएको छ । २–२ को बराबरीमा सकिएको उक्त खेलमा २० वर्षीय खेलाडीले इन्जुरी समयको छैटौँ मिनेटमा रियलका लागि विजयी गोल गरेको ठानेका थिए । तर, रेफ्री जिल मानजानोले क्रस अघि नै अन्तिम सिट्ठी फुकेका थिए । त्यस […]
साफ यू-१६ महिला च्याम्पियनसिप : नेपाल र भारतको खेल सेमिफाइनल जस्तै

२४ फागुन, काठमाडौं । घरेलु मैदानमा भइरहेको साफ यू-१६ महिला च्याम्पियनसिपमा नेपालले आज छिमेकी भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेम्समा दिउँसो ३ बजे सुरु हुनेछ । चार टोली सहभागी यस च्याम्पियनसिपमा नेपाल र भारत दुवैको यो अन्तिम लिग खेल हो । लिग चरणको खेल भए पनि यो खेल अघोषित सेमिफाइनल जस्तै बनेको छ […]
आगामी आव सार्वजनिक ऋण भुक्तानीमा थप १ खर्ब छुट्याउनुपर्नेछ : अर्थमन्त्री

१४ फागुन, काठमाडौं । आगामी आर्थिक वर्ष (आव) का लागि सार्वजनिक ऋण भुक्तानीका लागि थप १ खर्ब रुपैयाँ छुट्याउनुपर्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको सिद्धान्त तथा प्राथमिकता संसद्मा प्रस्तुत गर्दै अर्थमन्त्री महतले यस्तो जानकारी गराएका हुन् । सामाजिक सुरक्षा कोषमा सिर्जित दायित्व बढ्दै जानु चुनौतीपूर्ण रहेको महतले […]
उद्योग संघकाे खाद्यान्न वस्तुगत समिति संयोजकमा सुमन पिया

बुटवल । रुपन्देही उद्योग संघमा जारी वस्तुगत समिति गठन कार्यक्रम अन्तर्गत खाद्यान्न उद्योगीहरुको भेलाले बुधबार खाद्यान्न वस्तुगत समिति गठन गरेको छ । भेलामा प्रमुख अतिथि तथा संघका अध्यक्ष दिलिप सापकोटाले नब गठित खाद्यान्न समितिलाई बधाई तथा शुभकामना दिनुहुँदै खाद्यान्न उद्योगीहरुको एकरुपता एक आपसमा परिचयका साथै आप्mना उद्योगका उत्पादनहरुलाई एकअर्काबीच जानकारी गराउने, उद्योगहरुलाई सहज रुपमा संचालन […]