भजनी नगरपालिकाले आगामी वर्षका लागि ६८ करोड बढीको बजेट ल्यायो

दीपक बहादुर विश्वकर्मा कैलाली । भजनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६८ करोड ४३ लाख ६५ हजार तीन सय ४१ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। नगरपालिका उपप्रमुख राजु तिरुवाले नगरपालिकाको १८औं नगर सभा अधिवेशनको तेस्रो बैठकमा उक्त बजेट प्रस्तुत गरेकी हुन्। उक्त बजेटमा संघीय सरकारबाट प्राप्त हुने विभिन्न श्रोतको अनुमानित आय यथार्थमा […]
कैलालीका १२ स्थानीय तहले सार्वजनिक गरे नयाँ आर्थिक वर्षको बजेट, धनगढीको सबैभन्दा ठूलो

दिपक बहादुर विश्वकर्मा कैलाली । कैलाली जिल्लाभित्रका अधिकांश स्थानीय तहहरूले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गरेका छन्। जिल्लाका १३ स्थानीय तहमध्ये हालसम्म १२ स्थानीय तहले बजेट प्रस्तुत गरिसकेका छन् भने मोहन्याल गाउँपालिकाले भने बजेट अझै सार्वजनिक गरेको छैन। यसपटक सबैभन्दा ठूलो बजेट धनगढी उपमहानगरपालिकाले ल्याएको छ। उपमहानगरले २ अर्ब ५६ करोड ४ लाख […]
जानकी–५ का प्रेमप्रसाद जोशीलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार

दीपक बहादुर विश्वकर्मा कैलाली । सुदूरपश्चिम प्रदेशका लागि गौरवको क्षण साक्षी बनेको छ। जानकी गाउँपालिका–५ का प्रतिष्ठित कृषक प्रेमप्रसाद जोशीलाई राष्ट्रिय उत्कृष्ट कृषकको सम्मान प्रदान गरिएको छ। मंगलबार काठमाडौंमा आयोजित एक भव्य समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सातै प्रदेशका उत्कृष्ट १४ जना कृषकहरूलाई राष्ट्रिय स्तरमा सम्मान गरिएको थियो। सोही अवसरमा खप्तड पशुपंक्षी […]
बोगटान फुड्सिल गाउँपालिकाले ४५ करोड ६६ लाखको बजेट सार्वजनिक

दीपक बहादुर विश्वकर्मा डोटी । डोटी जिल्लाको बोगटान फुड्सिल गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४५ करोड ६६ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार सम्पन्न गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशनमा उपाध्यक्ष विष्णा देउवा बमले बजेट प्रस्तुत गर्नुभएको हो। बजेट प्रस्तुत गर्दै उपाध्यक्ष देउवाले कृषि, पशुपालन, पर्यटन, स्वास्थ्य र रोजगारीलाई प्रमुख प्राथमिकता दिइएको जानकारी […]