भूमि आयोग पुनःस्थापनाकोे मागसहित दुई सङ्गठन द्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

धनगढी । कञ्चनपुरबाट श्रमजीवी किसानको प्रतिनिधित्व गर्दै आएका दुई सङ्गठनले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउँदै भूमि समस्या समाधान आयोग तत्काल पुनस्र्थापनाको माग गरेका छन् । अखिल नेपाल किसान महासङ्घ तथा भूमि अधिकार तथा श्रमिक सङ्गठनले बिहीबार संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र पठाउँदै भूमि समस्या समाधान […]
दलितका लागि दलित अभियानका केन्द्रीय संयोजक – सुनार कैलाली आउँदै

कैलाली । दलितका लागि दलित अभियानका केन्द्रीय संयोजक खगेन्द्र सुनार शनिबार कैलाली आउने भएका छन्। कैलाली जिल्ला स्तरीय बृहत जागरण सभालाई सम्बोधन गर्न कार्तिक १ गते कैलाली आउने भएका हुन। घोडाघोडी नगरपालिकाको सुखड बजारमा हुने दलितका लागि दलित अभियान नेपालका कैलाली जिल्ला समितिले आयोजना गरेको कैलाली जिल्ला स्तरीय बृहत जागरण सभा सुखड बजारमा दिउँसो १२ […]
राष्ट्रिय फोटो पत्रकार समूहको पहिलो कैलाली भेला धनगढीमा सम्पन्न, दिपेन्द्र श्रेष्ठ ‘दिप’ अध्यक्ष चयन

धनगढी । राष्ट्रिय फोटो पत्रकार समूहको प्रथम कैलाली भेला तथा शाखा उद्घाटन सत्र कार्यक्रम धनगढीमा सम्पन्न भएको छ। भेलाले दिपेन्द्र कुमार श्रेष्ठ (दिप) लाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ। नवगठित कार्यसमितिमा उपाध्यक्षमा सुदिप थापा, सचिवमा हरिष भट्ट, कोषाध्यक्षमा सुभेष पाठक, सह–सचिवमा उषा किरण ज्योती तथा सदस्यमा रवि भुल, दिपेन्द्र ओली, सरस्वती वि.क. र लक्ष्मण […]
कैलालीको अत्तरियाका डीएसपी चन्दसहित ८ जना प्रहरी उत्कृष्ट कार्यमा पुरस्कृत

अत्तरिया। जिल्ला प्रहरी कार्यालय कैलालीले इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी रणबहादुर चन्द सहित ८ जना प्रहरीलाई पुरस्कृत गरेको छ। अत्तरियामा डडेल्धुराका ‘गौरव ऐरमाथि हतियार प्रहार गर्ने घटनामा सक्रियता देखाउँदै, आराेपीतहरू भारततर्फ भागिसकेका अवस्थामा पक्राउ गरी ल्याएकोमा प्रहरीलाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कैलालीका प्रमुख प्रहरी उपरीक्षक ‘नरेन्द्र चन्द’ले नगदसहित पुरस्कृत गरिएको […]
ओमानमाथि ३८ रनको विजयसहित नेपाल सुपर सिक्सको शीर्षस्थानमा

काठमाडौं । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गतको सुपर सिक्स चरणमा नेपालले घरेलु टोली ओमानमाथि ३८ रनको शानदार जित दर्ता गरेको छ। पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५१ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा ओमान २० ओभर पुरा हुँदा ९ विकेट गुमाएर ११३ […]