धनगढी । राष्ट्रिय फोटो पत्रकार समूहको प्रथम कैलाली भेला तथा शाखा उद्घाटन सत्र कार्यक्रम धनगढीमा सम्पन्न भएको छ। भेलाले दिपेन्द्र कुमार श्रेष्ठ (दिप) लाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ।
नवगठित कार्यसमितिमा उपाध्यक्षमा सुदिप थापा, सचिवमा हरिष भट्ट, कोषाध्यक्षमा सुभेष पाठक, सह–सचिवमा उषा किरण ज्योती तथा सदस्यमा रवि भुल, दिपेन्द्र ओली, सरस्वती वि.क. र लक्ष्मण ढुङ्गाल रहेका छन्।
