धनगढीः कैलालीको धनगढी र गोदावरी बाट तिन लाख बराबरका भन्सार छलीका सामान बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका–२ वालुवाघाट, शिसा पोष्ट , त्रिनगर ब्यारेल, धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराह र गोदावरी नगरपालिका–१ पुर्व रोडबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३ लाख १४ हजार ५० बराबरको सामान बरामद गरिएको हो।
उक्त रकम बराबरका भन्सार छलीका प्याज, चिनी, बिडी, सुर्ती, सरप, औषधि, मोबाइलका डिस्प्ले, गाडीका पार्टस, ज्याकेट, कोट, सुट पिस, आउटर, हाइनेक, ट्रेकसुट, भेष्ट, ट्राउजर, क्रिम लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।