धनगढी । कञ्चनपुरकी १४ वर्षीया एक किशोरी २१ दिनदेखि बेपत्ता भएकी छन् ।
जिल्लाको वेदकोट नगरपालिका–७ सुडाका भीमदत्त भट्टकी छोरी प्रतिभा भनेर चिनिने प्रिया भट्ट पुस १ गतेदेखि बेपत्ता भएकी हुन् ।
पारिवारिक स्रोतका अनुसार पुस १ गते प्रिया घरबाटै बेपत्ता भएकी त्यसपछि धनगढी आफन्तको घर बसेको भएपनि त्यहाँबाट समेत हराएकी छन् । उनको परिवारले प्रियालाई देखेमा नजिकको प्रहरी वा ९८६२४१९९१९, ९८६६५०२६१७ र ९८४८६८३३२५ मा सम्पर्क गरी खबर गरिदिन आग्रह गरेको छ ।