धनगढी। कैलालीको प्रमुख जिल्ला सिडिओ धर्मेन्द्र कुमार मिश्रलाई सुनसरी सरूवा गरे संगै अब गृह मन्त्रालयका सहसचिव गोगनबहादुर हमाल आउने भएका छन्।
उनी गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख थिए।
त्यस्तै सुनसरीका सिडिओ रामचन्द्र तिवारीलाई गृह मन्त्रालय तानिएको छ।
कैलालीमा सिडिओको जिम्मेवारी सम्हाल्न आउन लागेका हमालले यसअघि केही समय सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालेका थिए।