कैलास जोशी । परिस्थिति फेरबदल , नयाँ राजनितिक , आर्थीक, सामाजिक बिशेषताहरुकाे जन्म र बिकास मानब समाजकाे अपरिबर्तनिय गुणहरु हुन ।परिबर्तनकारि समाजकाे बिशेषताका कारण हरेक समाज ,बिचार ,ब्यबस्था र पार्टीहरु पुराना बन्दै जान्छन । नयाँ समाज ,नयाँ बर्ग र अर्थसम्बन्धले नयाँ शक्ति ,बिचार ,ब्यबस्था
हरुकाे जन्म गराईछाेड्छन ।
पुरानै नामका संस्था , पार्टी ब्यबस्थाहरु चल्छन भने पनि तिनले नयाँ सामाजिक ,आर्थिक बिशेषता अनुरुप का बिचार , संरचना र कृयाकलाप बिकास गरेर मात्र टिक्न र चल्न सक्छन् अन्यथा ती समाजले आफ्नाे गर्भभित्रबाट सृष्टि गर्ने भेलमय परिस्थितिमा डुबेर बिलिन हुन्छन । प्रजातन्त्र र पुजीबाद १७ शताब्दीको ब्रिटेनकाे पुजीबाद र लाेकतन्त्रमा छैन ।
याे समाजबाद लाई समेत पचायर टिकेकाे पुजीबाद हाे ।जसले १९ औ शताब्दीकाे समाजबाद लाई पनि पछि पारेकाे छ।कम्युनिस्टहरुले परिकल्पना गरेकाे समाजबाद ढलेकाे छ भनेपनि माक्सकाे द्वन्दबादकाे सारलाई गतिलाे गरि पकड्न नसकेकाेले वा समयअनुकुल बिकास गर्न नसकेका कारण ढलेकाे हाे ।
हामी (बिप्लब सी नेतृत्वकाे नेकपा) बैज्ञानिक समाजबाद-साम्यबादतिर दुनियालाई लैजान चाहन्छाै ।
२० औ शताब्दीको समाजबादलाई पचायकाे भुमण्डलीकृत पुजीवाद
साम्राज्यबादलाई पचायर जानसक्ने समाजबाद बिकास गरेर मात्र सफल हुन सक्छाै ।सम्पुर्ण कम्युनिस्ट शक्तिहरु बिच याे बहस यति जरुरि भईसकेकाे छ संभबत : २१ औ शताब्दीको कम्युनिस्ट घाेषणा पत्रले मात्र यसलाई सम्बाेधन गर्नसक्छ ।त्यसैले बिप्लब सी नेतृत्वकाे नेकपा नेपालि बिशेषताकाे समाजबाद नयाँ समाज ,अर्थसम्बन्ध , बर्गहरुकाे जन्मले सृजना गर्ने प्रेरित गरेकाे नयाँ बिशेषतासहितकाे समाजबाद हाे ।यसले पुजीबादमा हराउने पुजीबाद मै रुमलिने वा फर्किने समाजबादकाे हाेईन , सम्पुर्ण मानबजातिकाे मुक्ति र साम्यबादतिर डाेर्याउने बैज्ञानिक प्रणालिकाे परिकल्पना गरियकाे छ।
बिगतका हराभरा सफल र बैज्ञानिक समाजबादकाे अपुर्णतालाई नयाँ बिशेषता ,रुप र सारहरु भरिदियर मानब जातिलाई रमाउदै साम्यबाद तिर बढ्न उत्प्रेरित गर्छ ।ईतिहास रचेर बच्न नसकेका पुर्बी साेभियत संघ, पुर्बी युराेप र भुमण्डलीकृत एकधुर्बिय बिश्व बन्दापनि टिक्न र चल्न सफल चिन ,क्युवा ,भियनाम,उत्तरकाेरिया बाट हामीले सिक्नै पर्छ ।बिचार ,नीति,प्रयोग ,जिबन सबैकारणले बिभेदकारि बिध्वकारि पुँजीबादमा हाेईन ,मानब समाजकाे भबिश्य नेपालि बिशेषताकाे समाजबाद ,बैज्ञानिक समाजबाद – साम्यबादमै छ ।
नेपालि बिशेषताकाे समाजबादले किसानलाई जमिन,मजदुरलाई क्षमता अनुसारकाे ज्याला वा पारिश्रमिक ,बिध्यार्थीका लागी शिक्षा युवाका लागी राेजगार ,बैज्ञानिहरुका लागी अनुसन्धान केन्द्र , महिलाका लागी समान अधिकार ,श्रमिक समुदायका लागी बिषेश अधिकार , मधेश र जनजातिकालागी सत्तामा समानुपातिक प्रतिनिधित्व , देशभक्तका लागी स्वाधीनता ,लाेकतान्तिक गणतन्त्रबादि शक्तिका लागी प्रतिशप्रधा सुनिश्चित गर्नेछ।यसलाई जनताकाे यस्ताे ब्यबस्था बनाईनेछ ,जसले कसैलाई उत्पीडित ,शाेषित र दमित भयकाे महशुस गराउने छैन ।सबैलाई समानता सबैलाई स्वतन्त्रता सुनिश्चित हुनेछ ।आखिर सत्यपनि यहि नै त हाे ।