कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ३ स्थित ढुंगेबजारमा मानसिक अवस्था कमजोर देखिएकी एक बालिका अलपत्र अवस्थामा फेला परेकी छन्।
इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार मिति २०८२ साल असार ६ गते राति करीब १० बजे स्थानीयले बालिकाबारे जानकारी गराएपछि प्रहरी टोली खटिई बालिकालाई उद्धार गरी कार्यालयमा ल्याइएको हो।
प्रहरीका अनुसार बालिकाले आफूलाई काजल रावल, उमेर अन्दाजी १६ वर्षकी भएको बताएकी छन्। उनका अनुसार बुबाको नाम नेत्र बहादुर रावल र आमाको नाम पदमा रावल हो भने टीकापुर नगरपालिका वडा नं. ७, सत्ती उनको मामाघर भएको जानकारी दिएकी छन्। तर उनले अन्य विवरण खुलाउन नसकेको प्रहरीले जनाएको छ।
बालिकाको हुलिया वर्ण: गहुँगोरो,उचाइ: करिब ५ फिट ३ इन्च,पहिरन: कालो सरुवाल, कालो सेतो बुट्टेदार कुर्सी र रातो चप्पल लगाएकी छिन।
हाल बालिका इलाका प्रहरी कार्यालय चिसापानीमा संरक्षणमा राखिएको छ। हुलिया वा नामका आधारमा चिन्न सक्ने व्यक्तिहरूलाई ९८५८४८८८९९ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।