दीपक बहादुर विश्वकर्मा।
डोटी । “शक्तिशाली राष्ट्रको आधार स्वस्थ बालबालिका” भन्ने नारासहित केदार अखडा प्राथमिक स्वास्थ्य केन्द्रले वडा परिषद्को सहयोगमा सञ्चालन गरेको ‘बालबालिका पोषण सुधार कार्यक्रम’ सफल बन्दै गएको छ।
वडा नं. २ का २ वर्षमुनिका बालबालिकालाई लक्षित कार्यक्रमअन्तर्गत मासिक रूपमा तौल अनुगमन तथा दुईवटा अण्डा वितरण गरिँदै आएको छ। सुरुमा ५०% भन्दा कम सहभागिता रहेको अनुगमन दर अहिले ९५% नाघेको सूचना अधिकारी डम्बर खड्काले जानकारी दिए।
कम तौल भएका बालबालिकालाई तत्काल उपचार सेवा दिइने र आमाबुबामा पोषणप्रति चेतना बढेको स्वास्थ्य केन्द्रले जनाएको छ। यो अभियान आगामी वर्ष पनि निरन्तर सञ्चालन गरिने योजना छ।