बासुदेवीमा सुत्केरी महिलालाई सरसफाइ किट वितरण, स्वास्थ्य शिक्षा कार्यक्रम सम्पन्न

दीपक बहादुर विश्वकर्मा

__________ बिज्ञापन____________

डोटी । के.आई.सिंह गाउँपालिका अन्तर्गत बहुक्षेत्रीय पोषण योजना (तेस्रो चरण) डोटीको आयोजनामा बासुदेवी स्वास्थ्य चौकीमा सरसफाइ किट वितरण तथा स्वास्थ्य शिक्षा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

 

आर्थिक वर्ष २०८१/८२ अन्तर्गत सुत्केरी महिलाहरूलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गरिएको हो। बासुदेवी स्वास्थ्य चौकीमा सुत्केरी भएका साथै विभिन्न कारणले अन्यत्र प्रेषण गरिएका महिलाहरूलाइ सरसफाइ किट वितरण गरिएको हो। कार्यक्रममा सरसफाइ तथा व्यक्तिगत स्वच्छता सम्बन्धी महत्वपूर्ण जानकारीहरू पनि प्रदान गरिएको थियो।

 

कार्यक्रममा के.आई.सिंह गाउँपालिका वडा नं. ३ का जनप्रतिनिधि, स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य, स्वास्थ्यकर्मी, अन्य कर्मचारीहरू तथा लक्षित सुत्केरी महिलाहरूको सक्रिय सहभागिता रहेको थियो। बासुदेवी स्वास्थ्य चौकी परिवारले कार्यक्रममा उपस्थिति जनाएका सम्पूर्ण सहभागीप्रति आभार प्रकट गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

मित्र राष्ट्रसँग सम्बन्ध थप सुदृढ बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह
कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप, ५ जना घाइते
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको चौथो सिनेट बैठक भोलि
धनगढीमा पत्रकारिता अध्ययनरत विद्यार्थीका लागि तीनदिने अभिप्रेरणा कार्यक्रम सुरु
बर्डफ्लुको आतंक, देशभर २३ स्थानमा संक्रमण पुष्टि
आज यी प्रदेशमा वर्षाको सम्भावना
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
0
Would love your thoughts, please comment.x
()
x