गर्भवती महिलाका लागि गन्तव्य सुधार केन्द्र–धनगढीद्वारा २४ सै घण्टा निःशुल्क सवारी सेवा सुरु

धनगढी । धनगढी उपमहानगरपालिका–५ तारानगरस्थित गन्तव्य सुधार केन्द्रले सामाजिक उत्तरदायित्वअन्तर्गत गर्भवती महिलाहरूका लागि २४ सै घण्टा निःशुल्क सवारी (एम्बुलेन्स) सेवा सुरु गरेको छ।

__________ बिज्ञापन____________

अबदेखि धनगढी उपमहानगरपालिका क्षेत्रभित्र आपतकालीन अवस्थामा परेका गर्भवती महिलाहरूलाई केन्द्रले तुरुन्तै निःशुल्क गाडीको व्यवस्था गरिदिनेछ। गन्तव्य सुधार केन्द्रका सञ्चालक कबिन्द्र ठकुल्लाका अनुसार, राति गाडी नपाउने अवस्था, आर्थिक कठिनाइ, वा टाढाको अस्पताल पुग्न समस्या भएका महिलालाई लक्षित गरी यो सेवा सुरु गरिएको हो।

“हामी नशामुक्ति केन्द्र मात्र होइनौं, समाजमा सकारात्मक परिवर्तन ल्याउने हाम्रो लक्ष्य हो। गर्भवती महिलाहरू ज्यान जोखिममा पारेर अस्पताल पुग्नुपर्ने अवस्था अब हुन दिनुहुँदैन,” सञ्चालक कबिन्द्र ठकुल्ला ले भने।

गन्तव्य सुधार केन्द्र, धनगढी क्षेत्रको सुविधासम्पन्न, व्यवस्थित र फराकिलो सुधार केन्द्रमध्ये एक हो। हाल केन्द्रमा ४१ जना सेवाग्राही सुधार प्रक्रियामा छन् भने सयौं व्यक्ति सफलतापूर्वक समाजमा पुनः फर्किइसकेका छन्।

 

अर्का सञ्चालक धरम पडाल भन्छन्, “यो सेवा हाम्रो सामाजिक प्रतिबद्धताको प्रतीक हो। सानो प्रयासले पनि ठूलो राहत दिन सक्छ भन्ने विश्वासका साथ सुरक्षित मातृत्वमा हाम्रो सानो सहयोग रहनेछ।”

 

📞 सम्पर्क विवरणः

धरम पडाल – ९८५८४२३८३६

कबिन्द्र ठकुल्ला – ९८५११८६८९६

भुवन पडाल – ९८२२६३४२७४

सेवा लिन इच्छुक व्यक्तिहरूलाई यिनै नम्बरहरूमा सम्पर्क गर्न केन्द्रले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

मित्र राष्ट्रसँग सम्बन्ध थप सुदृढ बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह
कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप, ५ जना घाइते
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको चौथो सिनेट बैठक भोलि
धनगढीमा पत्रकारिता अध्ययनरत विद्यार्थीका लागि तीनदिने अभिप्रेरणा कार्यक्रम सुरु
बर्डफ्लुको आतंक, देशभर २३ स्थानमा संक्रमण पुष्टि
आज यी प्रदेशमा वर्षाको सम्भावना
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
धम्की र अश्लील कमेन्टपछि अमिसा पराजुलीको साइबर ब्यूरोमा उजुरी
0
Would love your thoughts, please comment.x
()
x