दिपक बहादुर विश्वकर्मा । दिपायल सिलगढी नगरपालिका– दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालित आ.व. २०८१/०८२ को वार्षिक समीक्षा तथा आ.व. २०८२/०८३ को योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ। उक्त गोष्ठीमा नगरपालिका र स्वास्थ्य कार्यालय डोटीले तय गरेको २३ वटा सूचकको आधारमा दिपायल सिलगढी नगरपालिका–८ अन्तर्गतको लडागडा स्वास्थ्य चौकी प्रथम हुन सफल भएको छ।
यस सफलतामा योगदान गर्ने लडागडा स्वास्थ्य चौकीका सम्पूर्ण कर्मचारी, स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष दशरथ बलायरसहितका सदस्य, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, नगर प्रमुख बाजि सिंह खडका, प्रमुख प्रशासकीय अधिकृत रमेश चन्द्र जोशी, जनप्रतिनिधिहरु, स्वास्थ्य शाखा प्रमुख तेज बहादुर खडका, स्वास्थ्य कार्यालय डोटी परिवार तथा सहयोगी संस्था CMC Nepal, CDC र EDC लाई विशेष धन्यवाद दिइएको छ।
लडागडा स्वास्थ्य चौकीको तर्फबाट धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सबैको साथ, सहयोग, सल्लाह र सुझाव प्राप्त भएमा आगामी वर्ष पनि उत्कृष्ट नतिजा कायम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।