अत्तरिया । यी भदौ २३ र २४ गते देशैव्यापी भएको जेनजी Gen -Z आन्दोलनमा मृत्यु भएका युवाप्रति गोदावरी नगरपालिका वडा १० खमौरामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ।
जेनजी ले सुरु गरेको आन्दोलन नेपालको परिवर्तनको इतिहासमा सुनौलो पानाको रुपमा अंकित हुनेछ भन्ने विश्वासका साथ, यो आन्दोलनमा सहादत प्राप्त गरेका सहपाठी, साथीभाइप्रति श्रद्धाञ्जली स्वरूप दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको र मृतक सम्पूर्णको आत्माले शान्ति पाओस् भन्ने कामना गर्दछौँ विरेन्द्र साँकी बिष्टले बताउनुभयो।
जेनजी आन्दोलनले ल्याउने कुनै पनि आगामी निर्णयलाई समर्थन जनाउन सबै राजनीतिक दल, सरोकारवाला निकाय, समाजका अगुवा, विद्यार्थी, युवायुवती तथा आम नागरिकहरूलाई हार्दिक अनुरोध गर्दछौँ र जेनजी का निर्णयप्रति समर्थन र आगामी हरेक निर्णयमा सहमत र ऐक्यबद्ध रहेको उनले बताए । उक्त दीप प्रज्वलन कार्यक्रममा वडा नम्बर १० का युवाहरुको सहभागिता रहेको थियो।