कञ्चनपुरमा जिप दुर्घटना : २ जनाको मृत्यु, ६ घाइते

धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ कुमगडा स्थित भित्री कच्ची सडक खण्डमा बिहीबार साँझ जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

__________ बिज्ञापन____________

साँझ करिब १८:०५ बजे पहरीया–कुमगडा सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको से १ ज २९० नम्बरको जिप अनियन्त्रित भई करिब ५०–६० मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा जिप चालक अर्जुन साउँदसहित ८ जना सवारमध्ये २ जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा कृष्णपुर नगरपालिका–१ का अन्दाजी ६० वर्षीय नन्दराम पार्की र ६२ वर्षीया कलावती देवी बोहरा रहेका छन्।

घाइते ६ जनालाई कृष्णपुर नगरपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि धनगढी, कैलाली पठाइएको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

सिरहा नगरपालिकाका प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी
मित्र राष्ट्रसँग सम्बन्ध थप सुदृढ बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह
कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप, ५ जना घाइते
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको चौथो सिनेट बैठक भोलि
धनगढीमा पत्रकारिता अध्ययनरत विद्यार्थीका लागि तीनदिने अभिप्रेरणा कार्यक्रम सुरु
बर्डफ्लुको आतंक, देशभर २३ स्थानमा संक्रमण पुष्टि
आज यी प्रदेशमा वर्षाको सम्भावना
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
आजदेखि संसद् अधिवेशन
0
Would love your thoughts, please comment.x
()
x