बैतडीमा दुई मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका जनकको मृत्यु

बैतडी |बैतडीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

__________ बिज्ञापन____________

शुक्रबार दिउँसो साढे १ बजे बैतडीको पुर्चौडी–ढोल्यामोड सडकखण्ड अन्तर्गत सुर्नया गाउँपालिका–८ ढोल्यामोडमा भएको दुर्घटनामा सुर्नया गाउँपालिका–८ का ३४ वर्षीय जनक लुहारको मृत्यु भएको हो । गम्भीर घाइते अवस्थामा प्राथमिक स्वास्थ्य केन्द्र देउलेक पठाइएका लुहारको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

 

दुर्घटनामा पुर्चौडी नगरपालिका–५ का २४ वर्षीय अमिर खडायतले चलाएको सुदूरपश्चिम प्रदेश ०१–०१३ प ४२४६ नम्बरको मोटरसाइकल र पुर्चौडीबाट ढोल्यामोडतर्फ आउँदै गरेको से ५ प ४७१७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

 

दुर्घटनामा अमिर खडायत, पछाडि सवार हिक्मत कुँवर, सिगास गाउँपालिका–८ का ३४ वर्षीय जयबहादुर चन्द र सिगास गाउँपालिका–९ का २६ वर्षीय केशवबहादुर चन्द घाइते भएका छन् । अमिर कठायत र हिक्मत कुँवरलाई डडेल्धुरा अस्पताल रेफर गरिएको छ भने अन्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

अनलाइन गेमको नाममा लाखौँ ठगी: गोदावरीका युवक पक्राउ
प्रधानमन्त्री शाहले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल गर्दै
पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
सहज रूपमा विद्युत् महसुल सङ्कलनका लागि सेवाप्रदायक छनोट गर्दै प्राधिकरण
बोइलर कुखुराको मासु खाँदा दुई जनाको मृत्यु
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
महेन्द्रनगर पुनर्स्थापनाको माग गर्दै हस्ताक्षर अभियान सुरु
0
Would love your thoughts, please comment.x
()
x