अनलाइन गेमको नाममा लाखौँ ठगी: गोदावरीका युवक पक्राउ

धनगढी। अनलाइन गेम खेलाउने बहाना बनाएर सर्वसाधारणबाट लाखौँ रुपैयाँ ठगी गर्ने गिरोहमा संलग्न एक युवक पक्राउ परेका छन्। गोदावरी नगरपालिका–१ का २५ वर्षीय सुवास भाटलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

__________ बिज्ञापन____________

कञ्चनपुरको वेदकोट नगरपालिका निवासी एक महिलाले अनलाइन गेममार्फत ठगी भएको उजुरी दिएपछि अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानका क्रममा ठगी गरिएको रकम भाटको बैंक खातामार्फत कारोबार भएको पुष्टि भएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी हेमबहादुर शाहीले जानकारी दिए।

प्रहरीका अनुसार भाटले ती महिलाबाट करिब २ लाख ५० हजार रुपैयाँ असुलेका छन्। उनलाई इलाका प्रहरी कार्यालय सुखडको सहयोगमा पक्राउ गरिएको हो।

 

प्रारम्भिक अनुसन्धानले यो घटनामा ठूलो गिरोह संलग्न रहेको देखाएको छ। उक्त गिरोहले फेसबुकमार्फत आकर्षक अफर देखाउँदै अनलाइन गेम खेलेर ठूलो रकम जितेको भन्दै प्रलोभन दिने र उक्त रकम प्राप्त गर्न कर तिर्नुपर्ने बहानामा अग्रिम रकम असुल्ने गरेको खुलेको छ

प्रहरी स्रोतका अनुसार गिरोहले लामो समयदेखि यस्तै तरिकाले सर्वसाधारणलाई ठगी गर्दै आएको छ। पीडित पक्षले सोमबार औपचारिक जाहेरी दर्ता गर्ने तयारी गरिरहेको छ भने त्यसपछि अनुसन्धानलाई थप तीव्र बनाइने एसपी खत्रीले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

उच्च सुरक्षा अधिकारीहरूसँग गृहमन्त्रीको पाँच घण्टा लामो गोप्य छलफल
एप्पलका सीईओ टिम कुकले दिए राजीनामा
प्रधानमन्त्री शाहले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल गर्दै
पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
सहज रूपमा विद्युत् महसुल सङ्कलनका लागि सेवाप्रदायक छनोट गर्दै प्राधिकरण
बोइलर कुखुराको मासु खाँदा दुई जनाको मृत्यु
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
0
Would love your thoughts, please comment.x
()
x