आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय

काठमाडौँ  । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा आइतबार र शनिबार दुई दिन नै बिदा दिने भएको छ।

__________ बिज्ञापन____________

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले गत चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्थाअनुसार अस्पतालमा पनि लागू गरिएको बताए। यसअघि मन्त्रालयले गत आइतबार पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो।

स्वास्थ्यकर्मीका मनोबल र हितलाई ध्यानमा राखी बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न र सरकारको हप्तामा दुईदिन सार्वजनिक बिदाको नीतिअनुरुप आइतबारका पूर्वनिर्धारित शल्यक्रियालगायतका बिरामीको सहजता हेरि ‘रिसेडयुल’ गरी अन्तरङ्ग र आकस्मिक सेवाहरु सधैँझैँ २४ घण्टा सूचारु गरिने छ”, उनले भने। मन्त्रालयका प्रवक्ता बुढाथोकीले बिदाको दिनमा बिरामीले कुनै पनि सास्ती भोग्न नपरोस् भनी अस्पतालहरुले सम्भव भएसम्म सेवा प्रदान गर्नसमेत आग्रह गरेका छन्।

 

यस्तै अस्पतालमा उपलब्ध नभएका सेवाका लागि नजिकैको उपयुक्त अस्पतालमा सहज रुपमा रेफर गर्न र एम्बुलेन्सहरु हरदम तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउनसमेत सबै अस्पताललाई अनुरोध मन्त्रालयले गरेको छ। मन्त्रालयले सर्वसाधारणको जानकारीका लागि बिदामा उपलब्ध सेवाको विवरण आफ्नो वेबसाइट तथा सूचनापाटीमा राख्नसमेत अनुरोध गरेको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

बोइलर कुखुराको मासु खाँदा दुई जनाको मृत्यु
महेन्द्रनगर पुनर्स्थापनाको माग गर्दै हस्ताक्षर अभियान सुरु
बैतडीमा दुई मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका जनकको मृत्यु
बाबुले नै गल्ती गरे पनि छाड्दिनँ : गृहमन्त्री गुरुङ
बिदाका दिन पनि अत्यावश्यक सार्वजनिक सेवा प्रवाह हुने
कुकरले कुकुरलाई टोक्दा मान्छेको ज्यान गयो! धनगढीमा सनसनीपूर्ण घटना
कार्यालयमै ‘फर्जी भत्ता काण्ड’ : अस्वीकार गरेपछि उपसचिवको सरुवा
माता तीर्थ औंसीको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
आज आमाको मुख हेर्ने दिन
0
Would love your thoughts, please comment.x
()
x