बोइलर कुखुराको मासु खाँदा दुई जनाको मृत्यु

धनगढी । कैलालीमा मरेको बोइलर कुखुुराको मासु खाएर बिरामी भएका दुई बालकको मृत्यु भएको छ ।

__________ बिज्ञापन____________

 

बिहीबार मरेको बोइलर कुखुराको मासु खाएका चुरे गाउँपालिका–३ को भक्तपुर बस्ने ५ वर्षीय दिपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको मृत्यु भएको प्रहरीले जनाएको छ ।उनीहरु दुवै जना सहोदर दाजुुभाइ हुन् । जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक(इन्स्पेक्टर) कैलाश बिष्टले दुवै जनाको उपचारका क्रममा शुक्रबार सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताए ।

 

उनकाअनुसार बोइलर कुखुराको मासु खाएका मृतककी आमा २८ वर्षीया राधिका ताम्राकार र उनका कान्छा छोरा ३ वर्षीय दिपेश ताम्राकारको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ ।

 

घटना बिहीबारको भएपनि प्रहरीलाई शुक्रबार मात्र खबर गरिएको थियो । त्यसपछि प्रहरीको समन्वयमा उनीहरु चारै जनालाई उपचारका लागि धनगढी ल्याइएको थियो । उनीहरुले मरेको कुुखुराको मासुु स्थानीय विकास पोल्ट्री फार्मबाट खरिद गरेको पाइएको प्रहरीले जनाएको छ ।

 

फार्म सञ्चालक मंगल साउदले आफैँ इलाका प्रहरी कार्यालय मालाखेतीमा उपस्थित भएर कागज गरेका छन् । उनलाई बोलाएका बखत हाजिर हुनेगरि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
महेन्द्रनगर पुनर्स्थापनाको माग गर्दै हस्ताक्षर अभियान सुरु
बैतडीमा दुई मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका जनकको मृत्यु
बाबुले नै गल्ती गरे पनि छाड्दिनँ : गृहमन्त्री गुरुङ
बिदाका दिन पनि अत्यावश्यक सार्वजनिक सेवा प्रवाह हुने
कुकरले कुकुरलाई टोक्दा मान्छेको ज्यान गयो! धनगढीमा सनसनीपूर्ण घटना
कार्यालयमै ‘फर्जी भत्ता काण्ड’ : अस्वीकार गरेपछि उपसचिवको सरुवा
माता तीर्थ औंसीको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
आज आमाको मुख हेर्ने दिन
0
Would love your thoughts, please comment.x
()
x