एप्पलका सीईओ टिम कुकले दिए राजीनामा

काठमाडौं । प्रविधि क्षेत्रको एक अग्रणी कम्पनी एप्पलका सीईओ टिम कुकले पद त्याग्ने निर्णय गरेका छन् । ६५ वर्षीय कुकले सेप्टेम्बर १ मा सीईओको जिम्मेवारी जोन टर्नसलाई हस्तान्तरण गर्ने छन् । त्यसपछि उनी एप्पलमा एक्जीक्युटिभ चेयरम्यान (कार्यकारी अध्यक्ष) का रूपमा रहने बताइएको छ ।

__________ बिज्ञापन____________

 

औपचारिक रूपमा उनले पद छोडेपछि जोन टर्नसले एप्पलको नयाँ सीईओको रूपमा जिम्मेवारी सम्हाल्नेछन् । जोन टर्नस विगत २५ वर्षदेखि एप्पलसँग आबद्ध छन् । उनी हाल एप्पलको हार्डवेयर इन्जिनियरिङ प्रमुख छन् ।

 

एप्पलमा यो परिवर्तनलाई निकै महत्वपूर्ण मानिएको छ । पछिल्ला केही वर्षदेखि टिम कुकले सीईओ पद छोड्न सक्ने चर्चा चलिरहेको थियो । कुकले सन् २०११ देखि कम्पनीको नेतृत्व गर्दै आएका थिए, जतिबेला स्टीव जब्सले स्वास्थ्य समस्याका कारण पद त्यागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

उच्च सुरक्षा अधिकारीहरूसँग गृहमन्त्रीको पाँच घण्टा लामो गोप्य छलफल
अनलाइन गेमको नाममा लाखौँ ठगी: गोदावरीका युवक पक्राउ
प्रधानमन्त्री शाहले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल गर्दै
पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
सहज रूपमा विद्युत् महसुल सङ्कलनका लागि सेवाप्रदायक छनोट गर्दै प्राधिकरण
बोइलर कुखुराको मासु खाँदा दुई जनाको मृत्यु
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
0
Would love your thoughts, please comment.x
()
x