उच्च सुरक्षा अधिकारीहरूसँग गृहमन्त्रीको पाँच घण्टा लामो गोप्य छलफल

गृहमन्त्री सुधन गुरुङले आइतबार गृह मन्त्रालयमा सुरक्षा निकायका उच्च अधिकारीहरूसँग झण्डै साढे पाँच घण्टा लामो गहन परामर्श गरेका छन्। साँझ ६ बजे सुरु भएको उक्त बैठक राति ११ बजेसम्म चलेको थियो।

__________ बिज्ञापन____________

छलफलमा गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेल लगायतको उपस्थिति थियो। बैठकको ठोस विषयवस्तु औपचारिक रूपमा सार्वजनिक नगरिए तापनि केही ठूला प्रकरणका फाइलहरू खोल्ने र उच्च पदस्थ व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने तयारीस्वरूप यो बैठक बसेको स्रोतले दाबी गरेको छ।

 

मन्त्रालयबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको ‘के ठूला व्यक्तिहरू पक्राउ पर्न लागेका हुन्?’ भन्ने प्रश्नमा गृहमन्त्री गुरुङले संक्षिप्त प्रतिक्रिया दिँदै ‘पछि भनौँला’ मात्र भने। सेयर प्रकरणमा आफूमाथि भइरहेको आलोचना र ‘मिडिया ट्रायल’ प्रति आक्रोश व्यक्त गर्दै उनले राज्यको स्रोत साधन दुरुपयोग गर्नेहरू विरुद्धको कारबाही नरोकिने चेतावनी समेत दिएका छन्।

यसैबीच, बैठक चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी पनि मन्त्रालय पुगेका थिए। उनले भने आफू गोरखाको एक समस्याका विषयमा सीडीओलाई भेट्न आएको र गृहमन्त्री व्यस्त रहेकाले अन्य कर्मचारीसँग भेटेर फर्किएको बताएका छन्। उनले गृहमन्त्री आफ्नो ढङ्गले काममा सक्रिय रहेको समेत उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

एप्पलका सीईओ टिम कुकले दिए राजीनामा
अनलाइन गेमको नाममा लाखौँ ठगी: गोदावरीका युवक पक्राउ
प्रधानमन्त्री शाहले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल गर्दै
पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
सहज रूपमा विद्युत् महसुल सङ्कलनका लागि सेवाप्रदायक छनोट गर्दै प्राधिकरण
बोइलर कुखुराको मासु खाँदा दुई जनाको मृत्यु
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
0
Would love your thoughts, please comment.x
()
x