कैलालीको ढुंगेबजारमा मानसिक अवस्था कमजोर बालिका फेला

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ३ स्थित ढुंगेबजारमा मानसिक अवस्था कमजोर देखिएकी एक बालिका अलपत्र अवस्थामा फेला परेकी छन्। इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार मिति २०८२ साल असार ६ गते राति करीब १० बजे स्थानीयले बालिकाबारे जानकारी गराएपछि प्रहरी टोली खटिई बालिकालाई उद्धार गरी कार्यालयमा ल्याइएको हो। प्रहरीका अनुसार बालिकाले आफूलाई काजल रावल, […]

डोटीमा बोलेरो जिप दुर्घटना अपडेट, तीनको मृत्यु, पाँच घाइते

डोटी । डोटीको आदर्श गाउँपालिका–१ खिराधारा धौलामाटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। दिपायल–सायल सडकखण्डमा दिपायलबाट मौवा जाँदै गरेको सुप्रप ०१००१ ज १३९५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको हो। दुर्घटनामा परी सायल गाउँपालिका–४ की ४१ वर्षीया हरुदेवी विक, चालक सुरेश कार्की […]

गोदावरी नगरपालिकाको १ अर्ब १८ करोड बराबरको बजेट सार्वजनिक

भरत दास अत्तरिया । गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब १८ करोड ५४ लाख ५६ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। नगरको १५औँ नगरसभा शुक्रबार सम्पन्न भएको हो, जहाँ नगरप्रमुख बिरेन्द्र भट्टले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरे। नगरप्रमुख भट्टका अनुसार संघीय सरकारबाट वित्तीय समानीकरण, राजस्व बाँडफाँड, सशर्त, विशेष तथा […]

जानकी गाउँपालिकाद्वारा बालमुक्ति विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण

दिपक बहादुर विश्वकर्मा कैलाली। जानकी गाउँपालिका वडा नं. तिन स्थित बालमुक्ति आधारभूत विद्यालय, लायकपुरले शैक्षिक सामग्री प्राप्त गरेको छ। गाउँपालिका अध्यक्ष गणेश चौधरीले विद्यालयका प्रधानाध्यापक नन्दराज उपाध्यायलाई सामग्रीहरू हस्तान्तरण गर्नुभयो। उक्त सामग्रीहरू बाल कल्याण संघद्वारा सञ्चालित ‘बाल समृद्धि कार्यक्रम’ अन्तर्गत ट्रान्सफार्म एड इन्टरनेशनलको सहयोगमा प्रदान गरिएको हो। विद्यालयमा आयोजित सानो समारोहबीच सामग्री हस्तान्तरण गरिएको हो। […]

बाेगटान फुड्सिल दुईमा नौ सुत्केरी महिलालाई पोषण कोसेली वितरण

दिपक बहादुर विश्वकर्मा डोटी डोटीको बाेगटान फुड्सिल गाउँपालिका दुईमा रहेका नौ जना सुत्केरी महिलालाई पोषण कोसेली वितरण गरिएको छ। वडाको वार्षिक कार्यक्रमअन्तर्गत केदार अखडा प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजना गरिएको कार्यक्रममा वडा अध्यक्ष भरत बहादुर बमको अध्यक्षतामा कोसेली वितरण गरिएको हो। चालू आर्थिक वर्ष २०८१/०८२ को वडा परिषद्बाट विनियोजन भएको बजेटमार्फत सञ्चालन गरिएको कार्यक्रममा सहभागी प्रत्येक […]