तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

__________ बिज्ञापन____________

नेपाल पत्रकार महासङ्घले आज धादिङको मलेखुमा आयोजना गरेको पत्रकार भेटमा उनले कानुन निर्माण र कार्यान्वयन गर्न निष्ठा र निष्पक्षताका साथ लाग्ने बताए।

संविधान संशोधनका साथै नयाँ कानुन बनाउन सहजकर्ताका रुपमा आफूले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने सभामुख अर्यालले बताए। ‘विकास, समृद्धि र खुसी भन्ने कुरा एक दिन पनि ढिला नगरिकन पाउनुपर्छ भन्ने मेरो बुझाइ हो, त्यसकारण सबैले महसुस गर्ने गरी काम पूरा गर्नेछु’, उनले भने।

 

जनताले प्रत्यक्ष लाभ पाउने गरी ‘फास्ट ट्रयाक’ बाट कानुन निर्माणको प्रक्रियालाई अघि बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे। बूढीगण्डकी जलासययुक्त आयोजना कार्यान्वयनका निम्ति सरकारलाई निरन्तर झक्झक्याउने उनले बताए।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

जबरजस्ती कारणी मुद्दामा फरार कञ्चनपुरका एक जना १८ वर्षपछि पक्राउ
सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने
दलित महिलाको दृष्टिकोणबाट गौरीगंगाको नीति, कार्यक्रम र बजेटमाथि अन्तरक्रिया सम्पन्न
सुदूरपश्चिम प्रदेशका वन उपभोक्ता समूहहरू आन्दोलित
डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना
कञ्चनपुरमा जातीय विभेदको आरोपमा एक जना पक्राउ
आशा भोसले : नेपाली संगीतप्रति हुरुक्कै, नारायणगोपाल फेभरेट
महेन्द्रनगरमा दुई पसलमा चोरी, तीन जना पक्राउ
धनगढीबाट लागुऔषधसहित २ जना पक्राउ
0
Would love your thoughts, please comment.x
()
x