कञ्चनपुरमा जातीय विभेदको आरोपमा एक जना पक्राउ

धनगढी । कञ्चनपुरमा जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी मुद्दामा प्रहरीले एक जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार सामुदायिक वनमा गस्तीका क्रममा फेला परेको बेवारिसे काठ घरमा राखिएको अवस्थामा, उक्त काठ कसैलाई नसोधी लगेर तस्करलाई बिक्री गरिएको विषयमा सोधपुछ गर्दा विवाद उत्पन्न भएको थियो ।

__________ बिज्ञापन____________

सोही क्रममा दलित समुदायलाई लक्षित गर्दै गालीगलौज, सार्वजनिक अपमान, बहिष्कार तथा भेदभाव गरिएको भन्दै २४ चैतमा जाहेरी दर्ता भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ती व्यक्तिले ‘डुम’ भनेर अपमानजनक शब्द प्रयोग गर्दै दलित समुदायका व्यक्तिलाई प्रश्न गर्ने हिम्मत नगर्न चेतावनी दिँदै छुवाछुत व्यवहार गरेको आरोप छ ।

 

प्रहरी निरीक्षक डम्बरदत्त भट्टले घटना भीमदत्त नगरपालिका–७ मा भएको पुष्टि गर्दै पीडित र आरोपितको नाम सार्वजनिक गर्न नमिल्ने बताए । पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पनि पढ्नुहोस

जबरजस्ती कारणी मुद्दामा फरार कञ्चनपुरका एक जना १८ वर्षपछि पक्राउ
सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने
दलित महिलाको दृष्टिकोणबाट गौरीगंगाको नीति, कार्यक्रम र बजेटमाथि अन्तरक्रिया सम्पन्न
सुदूरपश्चिम प्रदेशका वन उपभोक्ता समूहहरू आन्दोलित
डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना
आशा भोसले : नेपाली संगीतप्रति हुरुक्कै, नारायणगोपाल फेभरेट
महेन्द्रनगरमा दुई पसलमा चोरी, तीन जना पक्राउ
तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता
धनगढीबाट लागुऔषधसहित २ जना पक्राउ
0
Would love your thoughts, please comment.x
()
x